Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बागलुङ–पर्वत जोड्ने लामो पुलले पर्यटक तान्दै

खबरडबली संवाददाता

बागलुङ । बागलुङको लामो पुलको अवलोकन गर्ने पर्यटकको भिड लागेको छ । प्रसिद्ध बागलुङ–कालिका भगवती मन्दिरनजिक कालिगण्डकी नदीमाथि निर्माण गरिएको पाँचसय ६७ मिटर लामो गण्डकी गोल्डेन ब्रिजले यतिखेर पर्यटक आकर्षित गरिरहेको छ । 

मुस्ताङ भ्रमणका लागि आएका अधिकांश पर्यटकले पुलको अवलोकन गर्ने गर्दछन् ।  कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । बागलुङ नगरपालिका –१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका –१ अदुवाबारी जोड्ने पुल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । दशैं, तिहार र छठ विदाको अवसरमा भ्रमणमा निस्किएका आन्तरिक पर्यटकका कारण झोलुङ्गे पुलमा भिडभाड बढेको छ । झोलुङ्गे पुलले पछिल्लो समय बागलुङ भित्रिने पर्यटकलाई लोभ्याउने गर्छ । 

कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल घुम्न आउने पर्यटकको संख्या अहिले बढेको छ । पुलमा रमाउने र फोटो खिच्ने पर्यटक दैनिक देख्न सकिन्छ । पुलबाट धौलागिरी हिमाल र कालिगण्डकी नदीको सुन्दरता अवलोकन गर्न सकिन्छ । साँझको समयमा पनि पुल अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । रातको समयमा पुलमा जडान गरिएको बत्तिको झिलिमिली देखेर पर्यटकहरु आकर्षित हुने गरेका छन् । 

पुल निर्माणसँगै यहाँ आउने पर्यटकले बागलुङको पर्यटन विकासमा थप टेवा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार लामो र अग्लो पुल, बागलुङ कालिका भगवती मन्दिर र पञ्चकोट धामका कारण बागलुङमा पर्यटकको चहलपहल बढेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: