बागलुङ । बागलुङको लामो पुलको अवलोकन गर्ने पर्यटकको भिड लागेको छ । प्रसिद्ध बागलुङ–कालिका भगवती मन्दिरनजिक कालिगण्डकी नदीमाथि निर्माण गरिएको पाँचसय ६७ मिटर लामो गण्डकी गोल्डेन ब्रिजले यतिखेर पर्यटक आकर्षित गरिरहेको छ ।
मुस्ताङ भ्रमणका लागि आएका अधिकांश पर्यटकले पुलको अवलोकन गर्ने गर्दछन् । कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । बागलुङ नगरपालिका –१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका –१ अदुवाबारी जोड्ने पुल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । दशैं, तिहार र छठ विदाको अवसरमा भ्रमणमा निस्किएका आन्तरिक पर्यटकका कारण झोलुङ्गे पुलमा भिडभाड बढेको छ । झोलुङ्गे पुलले पछिल्लो समय बागलुङ भित्रिने पर्यटकलाई लोभ्याउने गर्छ ।
कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल घुम्न आउने पर्यटकको संख्या अहिले बढेको छ । पुलमा रमाउने र फोटो खिच्ने पर्यटक दैनिक देख्न सकिन्छ । पुलबाट धौलागिरी हिमाल र कालिगण्डकी नदीको सुन्दरता अवलोकन गर्न सकिन्छ । साँझको समयमा पनि पुल अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । रातको समयमा पुलमा जडान गरिएको बत्तिको झिलिमिली देखेर पर्यटकहरु आकर्षित हुने गरेका छन् ।
पुल निर्माणसँगै यहाँ आउने पर्यटकले बागलुङको पर्यटन विकासमा थप टेवा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार लामो र अग्लो पुल, बागलुङ कालिका भगवती मन्दिर र पञ्चकोट धामका कारण बागलुङमा पर्यटकको चहलपहल बढेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - २०:२९
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...
आषाढ़ ८ गते, २०८२ - २०:२१
आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...
आषाढ़ ८ गते, २०८२ - २०:०९
झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...
आषाढ़ ८ गते, २०८२ - २०:०६
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...
आषाढ़ ८ गते, २०८२ - २०:०२
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...
आषाढ़ ८ गते, २०८२ - १९:०२
काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...
आषाढ़ ८ गते, २०८२ - १८:५७
काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...
आषाढ़ ८ गते, २०८२ - १८:५३
बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...
आषाढ़ ८ गते, २०८२ - १८:२३
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...
आषाढ़ ८ गते, २०८२ - १८:१९
बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...
प्रतिकृया लेख्नुहोस्: