Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ हुने

खबरडबली संवाददाता

भक्तपुर । पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । 

सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले भक्तपुर, चांगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौं उपत्यकाको केन्द्रभागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवम् साँस्कृतिक सम्पदाले सुसम्पन्न भएको र यही कारण आन्तरिक तथा वाह्य पर्यटकलाई मध्यपुर थिमि नगर भित्राउन महोत्सव गर्न लागेका बताएं । 

थिमि र खोदेजस्ता लिच्छविकालिन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरु रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको उनले बताए । झण्डै ७५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको विस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित रहेको उनले जनाए । 

त्यसैगरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको उनको भनाई छ । अधुनिकीकरणतर्फ द्रूत गतिमा अग्रसर रहेर पनि यस नगरले आफ्नो कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक स्मारक र परम्परागत जीवनशैलीलाई आजपर्यन्त जीवन्त राखेको उनको भनाई थियो । पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना हुन लागेका उनले बताए । 

पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता भएको र पर्यटन प्रवर्द्धनका विविध पाटाहरूमध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको प्रभावशाली औजार भएकोले महोत्सव गर्न लागेको उनले जनाए ।

महोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न स्रोतबाट व्यहोर्ने गरी करिव २ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई करिव ५ लाख स्वदेशी एवम् विदेशी आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो । 

महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको जनाइएको छ । नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने, समयसमयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउनेका साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगिता लगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले पुर्याएको मीठो अनुभव रहको कार्यक्रममा बताइयो । 

स्थानीय मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाइने विश्वास गरिएको छ । महोत्सव मुख्य गरी थिमि शंखधरचोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिने जनाइयो । यसरी यो महोत्सव करिब ५.५ किमि लामो क्षेत्रमा संचालन हुने जनाइएको छ । 

विषयगत रूपमा महोत्सवमा स्थानीय कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, सम्पदा र जीवनशैलीको जीवन्त अवलोकन र अनुभव गर्न सकिनेछ भने महोत्सवलाई सबै उमेर समुह (वृद्ध, वयस्क, युवा, बालबालिका), विशेषज्ञ, नेवारी परिकारका पारखी आगन्तुकहरूको रूचीलाई केन्द्रमा राखी महोत्सव डिजाइन गरिएको छ । मूलतः महोत्सवमा निम्न विधाहरू रहनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: