Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै छ ।

यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्रम्प मध्ये एक राष्ट्रपति बन्ने छन् । यस निर्वाचनमा अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्ने भन्नेमा सबैको नजर रहेको छ ।

आज हुने निर्वाचनपछि नवनिर्वाचित राष्ट्रपतिले आगामी जनवरी २०, २०२५ मा चार वर्षे कार्यकालका लागि पदभार ग्रहण गर्नेछन् ।

अमेरिकामा सुशासनको लगाम कसले लिन्छ भन्ने कुरामा स्वदेश तथा विदेशका जनता उत्सुक छन् । किनभने अमेरिकी राष्ट्रपति आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय र भूराजनीतिक मामिलामा पनि निर्णायक हुन्छन् ।

अमेरिकाका राष्ट्रपतिलाई विश्वकै शक्तिशाली व्यक्तिमध्ये एक मानिन्छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपतिले कति तलब पाउँछन् भन्ने प्रश्न धेरैलाई लाग्नु स्वभाविक हो ।

अमेरिकी राष्ट्रपतिको तलब औसत अमेरिकीको भन्दा ६ गुणा बढी रहेको छ । औसत अमेरिकीले वार्षिक ६३ हजार ७९५ डलर कमाउँछन् ।

अमेरिकाका शीर्ष धनीहरूले वार्षिक औसत ७ लाख ८८ हजार डलर कमाउँछन् तर अमेरिकी राष्ट्रपतिको तलब योभन्दा झण्डै आधा हो ।

अमेरिकी राष्ट्रपतिको वार्षिक ४ लाख डलर तलब पाउँछन् । यसबाहेक राष्ट्रपतिले खर्चबापत थप ५० हजार डलर पाउँछन् ।

वाशिंगटन डीसीमा रहेको ह्वाइट हाउस संयुक्त राज्यका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो । यहाँ बस्नका लागि उनीहरुले आफ्नो खल्तीबाट केही खर्च गर्नु पर्दैन ।

राष्ट्रपति पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गर्दा उनलाई एक लाख डलर दिइन्छ । यो पैसा उनीहरुले आफ्नो सुविधा अनुसार घरको सजावटमा खर्च गर्न सक्छन् ।

राष्ट्रपतिले मनोरञ्जन, कर्मचारी र भान्छाका लागि पनि वार्षिक १९ हजार डलर पाउँछन् । अमेरिकी राष्ट्रपतिको सबै स्वास्थ्य सेवाहरू निःशुल्क छन् ।

अमेरिकी राष्ट्रपतिले यात्राका लागि लिमोजिन कार, मरीन हेलिकप्टर र एयर फोर्स वन नामको हवाईजहाज पाउँछन् । राष्ट्रपतिको फ्लीटमा समावेश लिमोजिन कारहरू आधुनिक सुरक्षा र सञ्चार प्रणालीले सुसज्जित हुन्छन् ।

राष्ट्रपतिको प्राथमिकता अनुसार लिमोजिन कारमा समय समयमा आवश्यक परिमार्जन हुँदै आएको छ । 

त्यस्तै एयर फोर्स वानको विमानसँग करिब चार हजार वर्ग फिट ठाउँ छ । यसलाई ुफ्लाइङ क्यासलु र ुफ्लाइङ ह्वाइट हाउसु पनि भनिन्छ, किनभने यो एकदमै सुरक्षित छ ।

यस विमानमा राष्ट्रपतिलाई आफ्नो दैनिक काम गर्नका लागि आवश्यक सबै सुविधा उपलब्ध गराइएको छ ।

राष्ट्रपति बाहेक एयरफोर्स वानमा करिब १०० कर्मचारीको यात्राको व्यवस्था छ । संयुक्त राज्यका राष्ट्रपतिले एन्ड्रयूज एयर फोर्स बेसबाट आफ्नो अन्तर्राष्ट्रिय उडानहरू लिने गर्दछन् ।

वाशिंगटनमा आफ्नो आधिकारिक निवासबाट एयरपोर्टसम्म, उनी मरिन वन हेलिकप्टरमा यात्रा गर्छन् ।

प्रत्येक सार्वजनिक अधिकारीले प्रत्येक वर्ष वा समय समयमा तलब वृद्धि प्राप्त गर्दछ, तर अमेरिकी राष्ट्रपतिको तलब २००१ पछि बढेको छैन । २००१ मा जर्ज डब्लु बुशले पदभार ग्रहण गरेपछि तलब बढाइएको थियो ।

जर्ज वाशिंगटन अमेरिकाको पहिलो राष्ट्रपति थिए । उनले वार्षिक २००० डलर तलब पाउथे । त्यो समय अनुसार यो ठूलो रकम थियो । यसबाहेक, वाशिंगटन आफैं एक समृद्ध किसान थिए ।

डोनाल्ड ट्रम्प, जोन एफ केनेडी र हर्बर्ट हुवर जस्ता धनी अमेरिकी राष्ट्रपतिहरूले आफ्नो वार्षिक तलब दान गरेका थिए ।

यसबाहेक अमेरिकी राष्ट्रपतिले अवकाश पछि बार्षिक २ लाख ४० हजार डलर आजीवन पेन्सन पाउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending