Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

खबरडबली संवाददाता

काठमाडौँ। थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । 

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजीरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स)ले व्यावसायिक उडान सञ्चालन गरेका थिए । उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दैछ । 

यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

यस्तै युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान सुरु गर्न लागेका हुन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडान विस्तातर हुदैँ गएको छ । विमानस्थललाई पूर्ण व्यावसायिक क्षमतामा सञ्चालन गर्न प्राधिकरण पनि लागिपरेको छ । सरकारको योजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा बढीभन्दा बढी व्यावसायिक उडान सञ्चालन गर्न प्रयास जारी छ ।

“उडानहरु क्रमशः थपिँदै गएका छन् । गन्तव्यहरु बढिरेहका छन् । आगामी दिनमा यात्रुको माग र चाप अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान विस्तार गर्ने विश्वास लिएका छौँ”, प्रवक्ता पाण्डेले भने। 

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते बुद्धपूर्णिमाको दिन उद्घाटन गरिएको थियो । उक्त विमानस्थलमा  नेपाल एयरलाइन्सको वाइड वडी ए३३० विमानले परीक्षण उडान गरेको थियो । अघिल्लो वर्ष नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको थियो ।

उडान अनुमति नलिई यही कात्तिक ११ गते काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । भैरहवाबाट पनि उडान गर्ने शर्तमा प्राधिकरणले एयर एसियाको उडान फुकुवा गरेको थियो । उडान फुकुवाभएसँगै कम्पनीले यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँ र भैरहवामा एकसाथ उडान सञ्चालन गरेको हो । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो । 

थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौँमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार उक्त एयरलाइन्सले काठमाडौँ गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । यस्तै भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ । प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्नेछ । 

थाई एयर एसियालाई काठमाडौँ र भैरहवा दुबै गन्तव्यबाट उडान भर्ने शर्तसहित प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो । कम्पनीले अब काठमाडौँमा चार र भैरहवामा दुई वटा उडान भर्नेछ । भैरहवाको उडान बन्द गरेमा काठमाडौँको उडान स्वतः रद्द हुने अवस्थासहित उडान फुकुवा गरिएको प्राधिकरणले जनाएको छ । ‘एप्रुभल सेडुल’ अनुसार कम्पनीले काठमाडौँ र भैरहवाकोसँगै उडान गर्नुपर्नेछ । 

प्राधिकरणले कात्तिक ११ देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ ९२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५० सम्मको उडान तालिका बनाएको छ । नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending