काठमाडौँ । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय कर्ता हुने छन् ।
फाउण्डेसनले देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै गर्न लागेको महायज्ञ र वेद एवं आधुनिक विज्ञान दोस्रो महासम्मेलन यही कात्तिक २५ गतेसम्म चल्ने छ । महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलमार्फत प्रतिदिन भइरहेको यज्ञको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिले जनाएको छ ।
महायज्ञ भावातीत ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट गरिँदैछ । नेपालमा यसरी पहिलो पटक अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गर्न लागिएको हो । महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा बताउँछन् ।
“यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारिएको छ । यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । फाउण्डेसनले २०७० सालदेखि देशभरका करिब एक सय वैदिक गुरुकुलमा भावातीत ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आएको छ ।
यस पटकको महायज्ञमा स्वयं कर्ता बन्ने र कर्ताहरूको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको समृद्धि दिगो शान्ति र विश्वकल्याणको पहिलो महायज्ञ भएको महायज्ञका सञ्चार विभाग प्रमुख समीक्षा बाँस्कोटाले बताइन् । महायज्ञ परिवार, समाज र राष्ट्रको पुण्य प्राप्तिका साथै राष्ट्रको समृद्धिका लागि अपरिहार्य भएको उनले बताइन् ।
यही कात्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बिहान शोभायात्रा गरिनेछ । वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भन्ने महर्षि महेश योगीको भनाइ रहेको छ ।
आधुनिक विज्ञान सम्मेलन हुने
महायज्ञकै दौरानमा यही कात्तिक २२ देखि २४ गतेसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा विभिन्न देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसैगरी, यही कात्तिक २१ देखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिँदै छ । अग्र्यानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर आयोजक रहेको उक्त मेलामा ५० भन्दा बढी अग्र्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष रहनेछन् ।
मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले नेपालको अग्र्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाबाट मद्दत पुग्ने बताइन् । उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताइन् । मेलामा करिब रु ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १७:१८
टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...
माघ ९ गते, २०८२ - १७:०९
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...
माघ ९ गते, २०८२ - १७:०६
हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...
माघ ९ गते, २०८२ - १६:४८
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...
माघ ९ गते, २०८२ - १६:३९
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...
माघ ९ गते, २०८२ - १६:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...
माघ ९ गते, २०८२ - १६:३१
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...
माघ ९ गते, २०८२ - १६:२३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...




प्रतिकृया लेख्नुहोस्: