पाइपोर्टा । बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ ।
मङ्गलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने र शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँदेखि सबैभन्दा ठूलो विनाशकारी क्षति पु¥याएको छ ।
सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपत्कालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्यु पुष्टि गरेको छ । छिमेकी काष्टिला–ला मान्चा र अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन् ।
ड्रोन र कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै र भग्नावशेषमा मलबामा खोजी गर्दै छन् । सरकारी अधिकारीहरूका अनुसार अझै धेरै व्यक्तिहरू बेपत्ता छन् ।सरकारले पहिले नै एक हजार दुई सय सैनिक परिचालन गरिसकेको अवस्थामा अर्को पाँच सय सैनिक थप गर्न लागेको छ ।
बाढी सुरु भएको तीन दिनसम्म केही क्षेत्रहरू खानेपानी, खाद्यान्न र बिजुलीबाट वञ्चित छन् । धेरै सडक र रेल मार्गहरू अझै पनि अवरुद्ध हुँदा मृत्यु सङ्ख्या बढ्ने डर छ ।चिभा शहरकी मेयर अम्पारो फोर्टले सार्वजनिक रेडियोलाई भने, “औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो छ । धेरै गाडी खाली होलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ ।”
राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सिया शहर पश्चिमतर्फको चिभा शहरमा मङ्गलबार मात्र आठ घण्टामा चार सय ९१ मिमी वर्षा भयो । यो करिब एक वर्षको वर्षासँग बराबर हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - १४:२९
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । नेपालका घरेलु, साना, मझौल...
मंसिर २६ गते, २०८१ - १४:२६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्र...
मंसिर २६ गते, २०८१ - १३:५७
काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी मुख्यालय, आलोकनगरमा आजबाट सुरू...
मंसिर २६ गते, २०८१ - १३:३७
संखुवासभा । संखुवासभाबाट भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकालु गाउँपालिका–२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पा रहेका छन्...
मंसिर २६ गते, २०८१ - १३:३४
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प...
मंसिर २६ गते, २०८१ - १३:३१
लिखुपिकेका पूर्व वडाध्यक्षसहित तीन जनाविरुद्ध लाग्यो अख्तियार
मंसिर २६ गते, २०८१ - १३:१९
काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गरेको चलचित्र पूर्णबहादुरको सारंगीका निर्माताले आफ्नो चलचित्रलाई मंगलबारबाट मुलुकको बाँकी सबै चलचि...
मंसिर २६ गते, २०८१ - १३:१६
ताप्लेजुङ । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थल भन्दा करिब ५० मिटर पर ७० फिटको ...
मंसिर २६ गते, २०८१ - १३:१३
काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगीको सफलतापछि गायक तथा अभिनेता प्रकाश सपुतलाई भ्याई नभ्याई छ । यतिबेला आफ्नै व्यानरमा निर्माण भईरहेको चलचित्र ‘बस...
मंसिर २६ गते, २०८१ - १३:१३
भैरहवा । भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषि प्रधान मुलुक भएर पनि किसानले सहजै आफ्नो उब्जाउ भूमिक...
प्रतिकृया लेख्नुहोस्: