मकवानपुर । मकवानपुरको हेटौँडामा कारले दुईवटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार कान्ति लोकपथअन्तर्गत हेटौँडा– ५, सानोपोखर चोकबाट बजारतर्फ आउँदै गरेको बा १३ च २००७ नम्बरको कारले सोही दिशाबाट बजारतर्फ आउँदै गरेका दुईवटा स्कुटर र एकजना पैदल यात्रीलाई ठक्कर दिँदा पाँचजना घाइते भएका हुन्। कारले ना ६४ प २८३६ नम्बरको स्कुटर र बागमती प्रदेश–०३–००४६ प ०२५७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
यस्तै, कारले पैदल यात्री बाराको कोहल्बी नगरपालिका वडा नम्बर-१ का २३ वर्षीय दीपनारायण चौधरीलाई समेत ठक्कर दिएको थियो। चौधरीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।
उनका अनुसार कारको ठक्करबाट ना ६४ प २८३६ नम्बरको स्कुटरचालक हेटौँडा–५ का ३० वर्षीय नारायण तिमल्सिना र स्कुटरको पछाडी सवार अन्दाजी २७ वर्षकी अस्मिता सापकोटा घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यस्तै, ठक्कर दिने कारमा सवार सर्लाही जिल्लाको गोडाइता गाउँपालिका वडा नम्बर–५ की २८ वर्षीय रन्जिताकुमारी शाह र उनका तीनवर्षीय छोरा कुशल रौनियार घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: