पोखरा । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ ।
कार्तिक २ गते शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधबार सकिएपछि आज तिहारदेखि तिहारको बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै पेश गरिने कास्की प्रहरीको तयारी रहेको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।
कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - २०:१९
कैलाली । सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारको बजेटमा चालु आवमा प्रदेशका नौवटै जिल्...
कार्तिक २९ गते, २०८२ - २०:१५
रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका २ बगर स्थित भेरी नदिमा एक किशोर बेपत्ता भएका छन् । शुक्रबार दिउँसो चौरजहारी नगरपालिका १ मा व्यवसाय ग...
कार्तिक २९ गते, २०८२ - २०:१२
पाँचथर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले पक्राउ परेका छन् । ...
कार्तिक २९ गते, २०८२ - २०:०४
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । कार्याल...
कार्तिक २९ गते, २०८२ - १९:४५
कपिलबस्तु । जिल्लाको कपिलबस्तु नगरपालिका-६ सेमरीमा भर अगाडिको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नाय...
कार्तिक २९ गते, २०८२ - १९:१४
काठमाडौं । स्वीकृत दरबन्दीभन्दा बाहिरका करार कर्मचारी हटाउन संघीय सरकारद्वारा तीनै तहका सरकारलाई गरिएको आग्रहपछि देशका धेरै स्थानीय तहमा दैनिक अत्यावश...
कार्तिक २९ गते, २०८२ - १९:१०
काठमाडौं । जेन–जी आन्दोलनले थपिएको आगलागीको प्रभाव अहिले आर्थिक मूल्यांकनभन्दा पनि राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा, संरचना र निरन्तरता मा...
कार्तिक २९ गते, २०८२ - १९:०७
बेइजिङ । चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि, प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग ग...
कार्तिक २९ गते, २०८२ - १९:०४
इन्डोनेसिया । इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन् । ...
कार्तिक २९ गते, २०८२ - १९:०२
किएभ । युक्रेनी राजधानी किएभ शुक्रबार बिहान ‘ठूलो’ आक्रमणको सिकार बनेको किएभका मेयरले जानकारी दिएका छन् । एएफपीका पत्रकारहरूले सहरको केन्द्रमा शक्त...




प्रतिकृया लेख्नुहोस्: