काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिक आउदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
चुनावको नतिजा कसैको पक्षमा जान सक्ने विभिन्न सर्वेक्षणले देखाएको छ ।
नोभेम्बर ५ मा हुने मतदानको दिन भन्दा अगाडी अहिलेसम्म ६० मिलियन अमेरिकीहरुले मेल-इन भोट वा व्यक्तिगत रूपमा मतदान गरिसकेको बताइएको छ ।
बुधवार जारी गरिएको सर्वेक्षणले पेन्सिल्भेनिया र उत्तरी क्यारोलिनामा कमला ह्यारिसभन्दा ट्रम्प एक प्रतिशत मात्र अगाडि रहेको देखाएको छ भने मिशिगनमा दुवैको बराबरी रहेको छ । एरिजोना, नेभाडा, जर्जिया र विस्कन्सिनमा पनि नजिकको प्रतिस्पर्धा छ। अर्को सर्वेक्षणले पेन्सिलभेनियामा दुई उम्मेद्वारहरू ४८ प्रतिशतले बराबरीमा राखेको छ भने कमला ह्यारिस विस्कन्सिनमा ट्रम्पभन्दा ६ अंकले र मिशिगनमा पाँच अंकले अगाडि छिन् । २०२४ को राष्ट्रपतीय निर्वाचन जित्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोट चाहिन्छ ।
सबै प्रमुख सर्वेक्षणहरूमा नजर राख्ने रियल क्लियर पोलिटिक्सले राष्ट्रिय स्तरमा ट्रम्पको ०।४ प्रतिशत अंकको अग्रता रहेको बताएको छ भने राज्यहरूमा दुई बीच कडा प्रतिष्पर्धा रहेको उल्लेख गरेको छ ।
यद्यपि, सट्टेबाजी बजारमा भने ट्रम्प ६३.१ अंकका साथ अगाडि छन् भने ह्यारिस ३५.८ अंकका साथ पछि परेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: