Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

गण्डकीका मुख्यमन्त्री पाण्डेको काठमाडौं सहित ३ ठाउँमा घर, कति छ सुनचाादी र बैंक बचत ?

खबरडबली संवाददाता

पोखरा ।  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। पछिल्लो समय गत १६ जेठमा मुख्यमन्त्री नियुक्त पाण्डेले अघिल्लो कार्यकालमा बुझाएको सम्पत्ति विवरण तुलनामा थप सम्पत्ति जोडेका छन्।

मुख्यमन्त्री पाण्डेको गोरखाको पालुङटार नगरपालिका र काठमाडौँमा घरजग्गा छ । यो सम्पत्ति उनले पैत्रिक भनेका छन् । उनको पालुङटार, कपिलबस्तु नगरपालिका र भक्तपुरको सूर्यविनायक नगरपालिकामा जग्गा रहेको उल्लेख गरेका छन्।

धनाढ्य मूख्यमन्त्री

पालुङटारमा ३ कित्तामा करिब ३६ रोपनी, कपिलबस्तुमा २ कित्तामा ५ कठ्ठा ६ धुर, सूर्यबिनायकमा ५ कित्तामा करिब १० रोपनी जग्गा रहेको छ । उनीसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ मोती छन् । यसअघि, सम्पत्ति विवरण बुझाउँदा सुन ४२ तोला र चाँदी ५ सय तोला रहेको बताएका उनको अहिले ३ तोला सुन बढेको हो । चाँदी २ सय तोला थप जोडेका छन्।

उनले आफू र पत्नी बिना शर्मा पाण्डे र छोरा सुयोग्यराज पाण्डेको नाममा विभिन्न बैंकमा बचत रकम जम्मा गरेका छन्। उनको एभरेष्ट बैंक, नबिल बैंक, एसबिआई बैंक र कृषि विकास बैंकमा २७ लाख ७४ हजार बचत छ । पहिले सम्पत्ति विवरण बुझाउँदा उनीसँग २४ लाख ९६ हजार बचत थियो । अहिले थप रकम पनि जोडेका हुन् । 

पत्नीको नाममा प्रभू र ग्लोबल आईएमई बैंकमा उपदानवापत २७ लाख र जग्गा बिक्रीबाट ४४ लाख मुद्दति खातामा रहेकाे उल्लेख गरेेका छन्  भभने बचत खातामा ६७ हजार रहेकाे बताएका छन् । छोराको नाममा ग्लोबल आईएमई र एसबिआई बैंकमा ४ लाख ७८ हजार रुपैयाँ बचत  रहेकाे बताएका छन् ।

धितोपत्र, शेयर वा ऋणपत्रतर्फ मुख्यमन्त्रीले दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय कित्ता, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता, पत्नीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब ५ हजार कित्ता र छोराको नाममा करिब ४ हजार कित्ता शेयर छ।

उनले ती शेयर कित्ता जग्गा बिक्री, व्यवसाय र तलबबाट आर्जन गरेको दाबी गरेका छन्। पत्नीको नाममा मारुती बलेरो कार छ।पाण्डे नेतृत्वमा गण्डकी ९ सदस्यीय मन्त्रिमण्डल छ । अन्य मन्त्रीहरुको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending