सिन्धुली । सिन्धुली जिल्लामा डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगको छ । जिल्लामा पछिल्लो पटक सोमबार थप सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएसँगै डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगेका हो । सोमबार डेंगु सङ्क्रमण पुष्टि हुनेमा दुधौली नगरपालिका छ जना र कमलामाई नगरपालिकाका एक जना रहेको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार साउन १ गतेदेखि सोमबार(कात्तिक १२ गते)सम्म डेंगु सङ्क्रमण पुष्टि भएका मध्ये १०१ जना पुरुष र ८१ जना महिला रहेका छन् । डेंगुका बिरामी सबैभन्दा बढी दुधौली नगरपालिकामा १२६ जना देखिएका छन् । त्यसपछि कमलामाई नगरपालिकामा ३६ जना, मरिण गाँउपालिकामा नौ जना, तीनपाटन गाँउपालिकामा छ जना, फिक्कल र गोलन्जोर गाँउपालिकामा दुई–दुई जना तथा सुनकोसी गाँउपालिकामा एक जना देखिएका छन् ।
हरिहरपुरगढी र घ्याङ्लेख गाँउपालिकामा डेंगुका बिरामी हालसम्म फेला नपरेको कार्यालयका ल्याब टेक्नीशियन अधिकृत गंगाराम कार्कीले जानकारी दिए । यसैगरी, सोही अबधिमा सिन्धुली जिल्लामा १६७ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । ती मध्ये सोमबार मात्रै दुधौली नगरपालिकामा एक जना महिला र पुरुष गरी दुई जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।
स्क्रब टाइफसको सङ्क्रमणका बिरामी मध्ये ९२ जना महिला र ७५ जना पुरुष रहेका छन् । स्क्रब टाइफसको सङ्क्रमण सबैभन्दा बढी दुधौली नगरपालिकामा ११५ जनामा देखा परेको ल्याब टेक्नीशियन अधिकृत कार्कीले बताए ।
उनका अनुसार तीनपाटन गाँउपालिकामा २४ जना, कमलामाई नगरपालिकामा २० जना, हरिहरपुरगढी गाँउपालिकामा तीन जना, मरिण गाँउपालिकामा दुई जना र गोलन्जोर, सुनकोसी तथा घ्याङ्लेख गाँउपालिकामा एक–एक जनामा सङ्क्रमण देखिएको छ । फिक्कल गाँउपालिकामा उक्त रोगकाा बिरामी हालसम्म फेला परेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: