अर्घाखाँची । नेपालका सांस्कृतिक पर्वहरुलाई मौलिक बनाउन तथा स्थानिय स्तरमा उत्पादित फूलहरुको प्रयोग बढाउन अर्घाखाँचीका दुई स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाले स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएका छन्।
स्थानीय स्तरमा उत्पादित फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्नका लागि प्लास्टिकका मालाको विक्री वितरणमा रोक लगाइएको सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। ‘स्थानीय साथीहरुले फुल खेती गरिरहनु भएको छ, ‘उनले भने, ‘उहाँहरुलाई प्रोत्साहन गर्नुपर्छ, बाहिरी सामानलाई निरुत्साहित गर्नुपर्छ।’
चाडपर्वलाई लक्षित गरेर नगरले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ। स्थानीय किसानले उत्पादन गरेको फुलको माग बढेको हो।
मौलिकता हराउने तथा वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै शिगगंगा नगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको नगरप्रमुख छविलाल पौडेलले बताए।
‘हाम्रा स्थानीय थुंगे फुल, सयपत्री, मखमली फुलहरुको प्रयोग बढाउनु पर्छ,उनले भने,‘मौलिकता मासेर प्लास्टिकका फुलहरुको प्रयोगले हाम्रा सांस्कृतिक पर्वहरु ओझेलमा पार्न सकिँदैन।’
दुवै नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य फूलमालाको सट्टा प्राकृतिक फूलको माला र पुष्पगुच्छा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। यसले वातावरण संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय कृषक र व्यापारीलाई पनि प्रोत्साहन मिल्ने उनीहरुको निष्कर्ष छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: