अर्घाखाँची । नेपालका सांस्कृतिक पर्वहरुलाई मौलिक बनाउन तथा स्थानिय स्तरमा उत्पादित फूलहरुको प्रयोग बढाउन अर्घाखाँचीका दुई स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाले स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएका छन्।
स्थानीय स्तरमा उत्पादित फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्नका लागि प्लास्टिकका मालाको विक्री वितरणमा रोक लगाइएको सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। ‘स्थानीय साथीहरुले फुल खेती गरिरहनु भएको छ, ‘उनले भने, ‘उहाँहरुलाई प्रोत्साहन गर्नुपर्छ, बाहिरी सामानलाई निरुत्साहित गर्नुपर्छ।’
चाडपर्वलाई लक्षित गरेर नगरले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ। स्थानीय किसानले उत्पादन गरेको फुलको माग बढेको हो।
मौलिकता हराउने तथा वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै शिगगंगा नगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको नगरप्रमुख छविलाल पौडेलले बताए।
‘हाम्रा स्थानीय थुंगे फुल, सयपत्री, मखमली फुलहरुको प्रयोग बढाउनु पर्छ,उनले भने,‘मौलिकता मासेर प्लास्टिकका फुलहरुको प्रयोगले हाम्रा सांस्कृतिक पर्वहरु ओझेलमा पार्न सकिँदैन।’
दुवै नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य फूलमालाको सट्टा प्राकृतिक फूलको माला र पुष्पगुच्छा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। यसले वातावरण संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय कृषक र व्यापारीलाई पनि प्रोत्साहन मिल्ने उनीहरुको निष्कर्ष छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: