काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा साताब्यापी रुपमा विविध कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलले चौतारा बहुमुखी क्याम्पस, चौतारा, सिन्धुपाल्चोकमा कार्तिक ९ गते धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना तथा बजार विकास लगायतका बारेमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरुको बारेमा प्रस्तुति दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका उप–मेयर सीता थापाले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा आधारभुत ज्ञान प्राप्त गर्ने अवसर मिलेको र शेयरमा लगानी गरेमा बढि भन्दा बढि आय आर्जन गर्न सकिने बताइन भने अतिथि वडा नं.५ का वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थी भाइवहिनीहरुले यस्ता कार्यक्रमबाट शेयरको प्राथमिक बजारमा लगानी गरि अधिकतम लाभ लिन सक्ने बताए ।
त्यसैगरी चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक तथा श्रीकृष्ण रत्नगंगा उच्च मा।वि।का शिक्षक हरिगोपाल श्रेष्ठले यस कार्यक्रमबाट आफुले शेयरको बारेमा धैरै कुरा बुझ्न सहयोग मिलेको बताउँदै विद्यार्थी भाइवहिनीहरुलाई विभिन्न कम्पनीले निष्कासन गर्ने शेयरमा लगानी गरेमा फाइदा हुने र पढ्दै कमाउँदै गर्न सकिने धारण राखे ।
त्यस्तै, ग्लोबल आइएमई बैंक, चौताराका शाखा प्रमुख नविन श्रेष्ठले डिम्याट तथा मेरो शेयर खाता खोली पूँजी बजारमा आवद्ध हुन उपस्थित सबैमा अनुरोध गरे ।
कार्यक्रममा चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरु, श्रीकृष्ण रत्नगंगा उच्च मा।वि।का शिक्षक, विद्यार्थी तथा कर्मचारीहरु, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो ।
विश्व लगानीकर्ता सप्ताहबाट धितोपत्र सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई जानकारी दिन तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि सिन्धुपाल्चोकको चौतारामा गरिएको उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...
जेष्ठ २७ गते, २०८३ - ०८:२०
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...



प्रतिकृया लेख्नुहोस्: