Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्र संघको स्थापना दिवसको विशेष कार्यक्रमको आयोजना गरी मनाईएको छ । संयुक्त राष्ट्र संघको बडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ को अवसरमा मनाइएको हो । 

सैनिक मुख्यालय, भद्रकाली स्थित खेल मैदानमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालद्वारा मार्चपाष्ट, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै तीन वटै सुरक्षा निकायबाट संयुक्त ब्यान्डको प्रस्तुति गरिएको थियो । नेपालका लागि संयुक्त राष्ट्र संघका निमित्त आवासीय प्रतिनिधि रोबेर्ट कसकाले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शान्ति, स्थायित्व र दीर्घकालीन विकासको लागि संयुक्त राष्ट्र संघको कार्यक्रमहरूमा नेपालको सक्रिय योगदान तथा भूमिकाको सराहना गरेकी थिइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालले सदैव संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै विश्व शान्तिका लागि गरेका पहलहरूमा सहकार्य गर्दै आएको र भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ उक्त सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए । जलवायु परिवर्तन, गरिबी तथा सुरक्षा संवेदनशीलताले सिर्जित विश्व परिस्थितिमा समाधानका प्रयासहरू समेत बहुआयामिक रहेको र नेपालले सदैव यस्ता प्रयासहरूमा सहकार्य गर्दै विश्वका चुनौतीपूर्ण इलाकाहरूमा आफ्ना शान्ति सैनिक तथा पर्यवेक्षकहरू खटाई विश्व शान्ति जस्तो महान् कार्यमा लामो समयदेखि संलग्न हुन पाउनु गर्वको कुरा रहेको बताए । 

समारोहमा समापन मन्तव्य राख्नु हुँदै प्रधान सेनापति अशोक राज सिग्देलले नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भए देखि नै विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै आइरहेको बताए । उनले नेपाल सरकारले संयुक्त राष्ट्र संघलाई शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धता अनुसार नेपाली सेना फौज पठाउन तयार रहेको बताए । 

मन्तब्यकै क्रममा उनले तालिम प्राप्त र दक्ष शान्ति सैनिकहरू तैनाथ गर्न नेपाली सेना हर हमेसा कटिबद्ध रहेको बताउँदै विश्व शान्ति स्थापनामा सहकार्य गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको योगदानको समेत सराहना गरे । युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य राखेको समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, पूर्व प्रधान सेनापतिहरु, नेपाल सरकारका सचिवहरु, युएन मिसन प्रमुख एवं फोर्स कमाण्डर, पूर्व फोर्स कमाण्डरहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रहरूमा समेत पहिलो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघिय मिसन अन्तर्गत हाल विश्वका विभिन्न ११ वटा मिसनहरुमा नेपाली सेनाका ५,९१८, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १४३ गरी जम्मा ६,१४१ जना शान्ति सैनिकहरु कार्यरत छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: