Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्र संघको स्थापना दिवसको विशेष कार्यक्रमको आयोजना गरी मनाईएको छ । संयुक्त राष्ट्र संघको बडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ को अवसरमा मनाइएको हो । 

सैनिक मुख्यालय, भद्रकाली स्थित खेल मैदानमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालद्वारा मार्चपाष्ट, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै तीन वटै सुरक्षा निकायबाट संयुक्त ब्यान्डको प्रस्तुति गरिएको थियो । नेपालका लागि संयुक्त राष्ट्र संघका निमित्त आवासीय प्रतिनिधि रोबेर्ट कसकाले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शान्ति, स्थायित्व र दीर्घकालीन विकासको लागि संयुक्त राष्ट्र संघको कार्यक्रमहरूमा नेपालको सक्रिय योगदान तथा भूमिकाको सराहना गरेकी थिइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालले सदैव संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै विश्व शान्तिका लागि गरेका पहलहरूमा सहकार्य गर्दै आएको र भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ उक्त सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए । जलवायु परिवर्तन, गरिबी तथा सुरक्षा संवेदनशीलताले सिर्जित विश्व परिस्थितिमा समाधानका प्रयासहरू समेत बहुआयामिक रहेको र नेपालले सदैव यस्ता प्रयासहरूमा सहकार्य गर्दै विश्वका चुनौतीपूर्ण इलाकाहरूमा आफ्ना शान्ति सैनिक तथा पर्यवेक्षकहरू खटाई विश्व शान्ति जस्तो महान् कार्यमा लामो समयदेखि संलग्न हुन पाउनु गर्वको कुरा रहेको बताए । 

समारोहमा समापन मन्तव्य राख्नु हुँदै प्रधान सेनापति अशोक राज सिग्देलले नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भए देखि नै विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै आइरहेको बताए । उनले नेपाल सरकारले संयुक्त राष्ट्र संघलाई शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धता अनुसार नेपाली सेना फौज पठाउन तयार रहेको बताए । 

मन्तब्यकै क्रममा उनले तालिम प्राप्त र दक्ष शान्ति सैनिकहरू तैनाथ गर्न नेपाली सेना हर हमेसा कटिबद्ध रहेको बताउँदै विश्व शान्ति स्थापनामा सहकार्य गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको योगदानको समेत सराहना गरे । युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य राखेको समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, पूर्व प्रधान सेनापतिहरु, नेपाल सरकारका सचिवहरु, युएन मिसन प्रमुख एवं फोर्स कमाण्डर, पूर्व फोर्स कमाण्डरहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रहरूमा समेत पहिलो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघिय मिसन अन्तर्गत हाल विश्वका विभिन्न ११ वटा मिसनहरुमा नेपाली सेनाका ५,९१८, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १४३ गरी जम्मा ६,१४१ जना शान्ति सैनिकहरु कार्यरत छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending