मुस्ताङ । मुस्ताङको मुक्तिनाथदेखि राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोरङ्लापाससम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थित तवरले नष्ट गरिएको छ ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना(एक्याप) इलाका संरक्षण कार्यालय जोमसोम, बारागुङ मुक्तीक्षेत्र गाउँपालिका र जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा पदमार्ग क्षेत्रमा सरसफाइ गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए ।
उनले भने, "विश्वभरका पर्यटकहरूले भ्रमण गर्ने राउण्ड अन्नपूर्ण क्षेत्रको पदमार्गमा रहेका फोहोर सङ्कलन केन्द्र तथा अन्यत्र पर्यटकले यत्रतत्र फालेका फोहोरलाई व्यवस्थित गरेर नष्ट गर्ने काम भएको छ ।" प्रवक्ता गुरुङले एक्याप, गाउँपालिका र प्रहरीको संयुक्त प्रयासमा पदमार्ग सरसफाइ गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । बिहानैदेखि थालिएको पदमार्ग सरसफाइमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजीन नामगेल गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी(सिडिओ)विष्णु प्रसाद भुसाल, प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर बोगटी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेय, लगायतको टोलीको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीले गाउँपालिका तथा एक्याप र प्रहरीको टोलीले वारागुङ मुक्तीक्षेत्र गाउँपालिका–२ फेदी हुँदै समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको मनाङ र मुस्ताङको सिमाना रहेको थोरङ्लापास नाकासम्म जाने पैदलमार्ग पर्यटक विश्राम स्थल सरसफाइ गरेको बताए । संयुक्त टोलीले सरसफाइ गर्नुका साथै सङ्कलित फोहोरलाई व्यवस्थित तवरले प्रदूषण कम हुने तवरले नष्ट गरिएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: