मुस्ताङ । मुस्ताङको मुक्तिनाथदेखि राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोरङ्लापाससम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थित तवरले नष्ट गरिएको छ ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना(एक्याप) इलाका संरक्षण कार्यालय जोमसोम, बारागुङ मुक्तीक्षेत्र गाउँपालिका र जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा पदमार्ग क्षेत्रमा सरसफाइ गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए ।
उनले भने, "विश्वभरका पर्यटकहरूले भ्रमण गर्ने राउण्ड अन्नपूर्ण क्षेत्रको पदमार्गमा रहेका फोहोर सङ्कलन केन्द्र तथा अन्यत्र पर्यटकले यत्रतत्र फालेका फोहोरलाई व्यवस्थित गरेर नष्ट गर्ने काम भएको छ ।" प्रवक्ता गुरुङले एक्याप, गाउँपालिका र प्रहरीको संयुक्त प्रयासमा पदमार्ग सरसफाइ गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । बिहानैदेखि थालिएको पदमार्ग सरसफाइमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजीन नामगेल गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी(सिडिओ)विष्णु प्रसाद भुसाल, प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर बोगटी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेय, लगायतको टोलीको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीले गाउँपालिका तथा एक्याप र प्रहरीको टोलीले वारागुङ मुक्तीक्षेत्र गाउँपालिका–२ फेदी हुँदै समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको मनाङ र मुस्ताङको सिमाना रहेको थोरङ्लापास नाकासम्म जाने पैदलमार्ग पर्यटक विश्राम स्थल सरसफाइ गरेको बताए । संयुक्त टोलीले सरसफाइ गर्नुका साथै सङ्कलित फोहोरलाई व्यवस्थित तवरले प्रदूषण कम हुने तवरले नष्ट गरिएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: