Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता पक्षका दलको निष्कर्ष

भिड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराए ।

उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अलादल र सरकारलाई दबाब दिने हिषाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएका थिए । यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ । 

सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको सत्तारुढ नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए । “हामी लोकतन्त्रका लागि लडेका हौँ ।

हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन लागि आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ ।”

बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लखेक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति  पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...

सभापतिको कुर्सीमा बस्न सजिलो, जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जनाले छाडे पार्टी, नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...

मतदातालाई एमालेले गरेको विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...

देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भन्छन्– म विचलित र निरास छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending