Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सरकारी वकिल कार्यालयमा रविसँग तीन घण्टा बयान

खबरडबली संवाददाता

पाेखरा । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका छन् । 

दिउँसो एक बजेदेखि अपरान्ह चार बजेसम्म लामिछानेसँग बयान लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए । उनले भने, ‘आजबाट औपचारिक बयान सुरु भएको छ । हिजो विभिन्न बैंकहरूमा पत्राचार गर्ने काम भयो। भोलि बयान गर्ने कि नगर्ने भन्ने सरकारी वकिलसँग सल्लाह गर्छौं । हामीले पत्राचार गरेका बैंक तथा कार्यालयहरूले जवाफ पठाएपछि मागेका विवरण उपलब्ध गराएपछि त्यसमा आधारित भएर पनि बयान लिँदै जान्छौँ । उनको बयान सकिएको छैन । चरण–चरणमा भइरहन्छ ।’

लामिछानेको बयान जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको रोहबरमा भइरहेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत शुक्रबार नै काठमाडौँबाट पक्राउ गरेर कास्की लगेर बुझाएको थियो । शनिबार राति नै पुर्‍याए पनि सार्वजनिक विदाका कारण त्यसदिन अनुसन्धान अगाडि बढेन । उनलाई अदालतमा उपस्थित गराएर म्याद थपको काम पनि बाँकी थियो ।

आइतबार लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउने बेलामा रास्वपाका कार्यकर्ताले अवरोध गरेका थिए । उनीहरूको आन्दोलनका कारण प्रहरीले ढिलो गरी मात्रै अदालतमा उपस्थित गराएको थियो । आइतबार जिल्ला अदालतले लामिछानेलाई पक्राउ परेको मितिबाट ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । उक्त म्याद बुधबार सकिँदैछ । तर प्रहरीले बुधबारसम्ममा अनुसन्धान नसक्ने भएको छ । बयान नै बाँकी रहेको प्रहरी अधिकारीहरूले बताए । 

‘भोलि नै बयान सकिँदैन । बिहीबार छविलाल जोशीसँगै अदालतमा म्याद थपका लागि फेरि उपस्थित गराउँछौँ । हामीसँग करिब एक महिना समय छ । त्यो समयभित्रमा हामीले सक्नुपर्छ । त्यसपछि अदालतमा मुद्दा लैजान्छौँ । अरु आरोपितहरूलाई पनि पक्राउ गर्ने अनुमति पाएका छौँ । उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने हुन्छ । यसअघि पक्राउ परेका र अब पक्राउ पर्ने सबैविरुद्ध एकसाथ मुद्दा अदालत जाने हो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending