Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

फरार जिबीका दुई दाइसहित १४ विरुद्ध पक्राउ पुर्जी

खबरडबली संवाददाता

पाेखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप भएको छ । सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका दुई दाइ र एक साढुभाइविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जिबी मुख्य जिम्मेबार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष छ । संसदीय छानबिन समितिले लामिछानेलाई समेत कारबाही गर्नुपर्ने यकिन गरेको थियो । समितिको निष्कर्षमा लामिछानेबारे लेखिएको छ, “परिचालन र खर्च प्रक्रियामा सहभागिता देखिएको छ ।” कास्की प्रहरीले शुक्रबारै प्रहरी प्रधान कार्यालयसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरलाई पत्राचार गरी लामिछानेलाई पक्राउ गरी कास्की पठाइदिन पत्राचार गरेको छ ।

कास्की जिल्ला अदालतले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध पुर्जी जारी भएको छ । 

अनन्तबाबु जिबीका जेठा दाइ र देवेन्द्रबाबु माइला दाइ छन, भने दीपक लामा साढु दाइ छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर २ घर स्थायी घर भए पनि अहिले जिबीको परिवारका कोही पनि गाउँमा छैनन् । सुनकोशी–२ का वडाध्यक्ष प्रकाश सापकोटाले जिबीको परिवारका अहिले कोही पनि गाउँमा नरहेको जानकारी दिए । 

संसदीय छानबिन समितिको प्रतिवदेन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै सूर्यदर्शनको अनुसन्धान अघि बढेको हो । कास्की प्रहरीले सूर्यदर्शन र गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेकोमा शुक्रबार २० दिन म्याद थप भएको छ । दसैं बिदाका कारण अदालत बन्द रहेकाले म्याद सकिएको १५ दिनपछि प्रहरीले जोशीलाई शुक्रबार अदालत उपस्थित गराएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जोशी अब थप पाँच दिन थुनामा रहने र अनुसन्धान जारी रहेको जानकारी दिए । शर्मा सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान अधिकारीसमेत छन् । जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत हुन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending