Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको मालिका र बागलुुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजनाअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका–३ अदिभारादेखि औँला हुँदै डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नति हुन लागेको हो । 

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिए । 

“सडक निर्माणलाई तीव्रता दिनका लागि वैकल्पिक सडक मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उनले भने, “मालिका गाउँपालिका–२, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्वपूर्ण छ ।”

विस २०७५मा मालिका गाउँपालिकाले अदिभारादेखि डाडागाउँ हुँदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो । गण्डकी प्रदेश सरकारले रु दश करोड बजेटको स्रोत सुनिश्चित गरेको यो सडक स्तरोन्नतिका लागि गत असार महिनामा एपिसी/आरआरसी/पिएनएस जेभीले रु पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए । 

आयोजनामार्फत यो सडकलाई ग्राभेल गर्न लागिएको हो । सडकको प्रवेश बिन्दुमा पर्ने अदिभारास्थित दाजुङखोलामा कार्यालयमार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधिन रहेको छ । म्याग्दी १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तीवाङ खण्डको तुलनामा छोटो पर्ने भएकाले यो सडकलाई लोकमार्गको वैकल्पिक सडकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । बागलुङको बुर्तीवाङदेखि तमानखोला तर्फपनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम सुरु भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending