काठमाडौं । कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन बङ्गलादेश र श्रीलङ्का टोली मङ्गलबार काठमाडौं आइपुगेको छ । दुवै टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।
च्याम्पियनसिपमा भाग लिन यसअघि पाकिस्तान टोली आइतबार र माल्दिभ्स सोमबार काठमाडौं आइपुगेको छ । एन्फाका अनुसार भारत र भुटान टोली बुधबार आउने बताइएको छ । दक्षिण एसियाका सात देशबिच हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको पाकिस्तान र भारतबिच प्रतिस्पर्धा हुनेछ ।
यस समूहमा अर्को टोली बङ्गलादेश रहेको छ । समूह ‘बी’ मा नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेको छ । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले साफका लागि एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय खेलाडी टोली घोषणा गरिसकेको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका तथा देश बाहिर रहेका सावित्री भण्डारी ‘साम्बा’ र रेखा पौडेललाई समेट्दै टोली घोषणा गरेका छन् ।
घरेलु मैदानमा हुने साफको उपाधि चुम्ने लक्ष्य राखेको नेपाली टोलीमा कप्तान एन्जिलासँगै अन्जना रानामगर, उषा नाथ, गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्री भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ, अनिता केसी र सजनी थोकर छन् ।
नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा महिला साफआयोजना गरेको थियो । यसअघिका ६ संस्करणमा पाँच पटक फाइनल पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन । सन् २०१० देखि सुरु भएको महिला साफमा नेपाल सन् २०१६ को चौथो संस्करण बाहेक सबैमा फाइनल पुगेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: