Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

६३ लाख बढीको खसी–बोका खरिद

खबरडबली संवाददाता

दाङ । दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ । कम्पनीले जिल्लाका विभिन्न स्थानबाट ६३ लाख ७१ हजार आठसय आठ रुपियाँ मूल्यको खसी–बोका खरिद गरेर काठमाडौं पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए । 

उनका अनुसार कम्पनीले तीनसय ४६ वटा खसी र ४० वटा बोका खरिद गरेको हो । चारसय वटा खरिद गर्ने भनिए पनि तीनसय ८६ वटा खसी खरिद गरी पठाएको प्रमुख सुनारले बताए । कार्यालय प्रमुख सुनारले भने, ‘केन्द्रले दिएको कोटाअनुसार जिल्लामा खसी–बोका खरिद गरेर पठाइसकेका छौ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष व्यापार कम्पनीले खसीबोका खरिद गरेर काठमाडौं पठाउने गरेको छ । यस वर्ष जिल्लामा खसीको मूल्य वृद्धि गरिएको थियो । बोकाको मूल्य घटाएको थियो । यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी पाँचसय ६० रुपियाँ र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँचसय ४० निर्धारण गरिएको थियो । समग्रमा खसीको मूल्यमा पाँच रुपियाँ वृद्धि भएको र बोकाको मूल्यमा दुई रुपियाँले घटाइएको थियो । अघिल्लो वर्ष केजीअनुसार मूल्य निर्धारण गरिएको थियो । 

यसपटक खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिएको प्रमुख सुनारले बताए । उनका अनुसार अघिल्लो वर्ष जिउँदो खसी २५ केजीभन्दामाथिको प्रतिकेजी पाँचसय ६२ रुपियाँ प्रतिकेजी तोकिएको थियो । खसी २० देखि २५ केजीसम्मको प्रतिकेजी पाँचसय ४५ रुपियाँ निर्धारण गरिएको थियो । 

बोका १८ केजीभन्दामाथि प्रतिकेजी पाँचसय ४२ रुपियाँ निर्धारण गरेर खरिद गरिएको थियो । गतवर्ष जिल्लाबाट सातसय ५६ वटा खसी–बोका खरिद गरिएको थियो । दाङमा कम्पनीले तुलसीपुर र देउखुरीलगायतका क्षेत्रबाट खसी–बोका खरिद गरेको हो । चाडपर्वको समयमा काठमाडौंमा हुन सक्ने मासुको अभावलाई टार्नका लागि खाद्यले प्रत्येक वर्ष जिल्लामा खसी–बोका खरिद गरेर काठमाडौं पठाउने गरेको प्रमुख सुनारले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: