Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

६३ लाख बढीको खसी–बोका खरिद

खबरडबली संवाददाता

दाङ । दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ । कम्पनीले जिल्लाका विभिन्न स्थानबाट ६३ लाख ७१ हजार आठसय आठ रुपियाँ मूल्यको खसी–बोका खरिद गरेर काठमाडौं पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए । 

उनका अनुसार कम्पनीले तीनसय ४६ वटा खसी र ४० वटा बोका खरिद गरेको हो । चारसय वटा खरिद गर्ने भनिए पनि तीनसय ८६ वटा खसी खरिद गरी पठाएको प्रमुख सुनारले बताए । कार्यालय प्रमुख सुनारले भने, ‘केन्द्रले दिएको कोटाअनुसार जिल्लामा खसी–बोका खरिद गरेर पठाइसकेका छौ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष व्यापार कम्पनीले खसीबोका खरिद गरेर काठमाडौं पठाउने गरेको छ । यस वर्ष जिल्लामा खसीको मूल्य वृद्धि गरिएको थियो । बोकाको मूल्य घटाएको थियो । यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी पाँचसय ६० रुपियाँ र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँचसय ४० निर्धारण गरिएको थियो । समग्रमा खसीको मूल्यमा पाँच रुपियाँ वृद्धि भएको र बोकाको मूल्यमा दुई रुपियाँले घटाइएको थियो । अघिल्लो वर्ष केजीअनुसार मूल्य निर्धारण गरिएको थियो । 

यसपटक खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिएको प्रमुख सुनारले बताए । उनका अनुसार अघिल्लो वर्ष जिउँदो खसी २५ केजीभन्दामाथिको प्रतिकेजी पाँचसय ६२ रुपियाँ प्रतिकेजी तोकिएको थियो । खसी २० देखि २५ केजीसम्मको प्रतिकेजी पाँचसय ४५ रुपियाँ निर्धारण गरिएको थियो । 

बोका १८ केजीभन्दामाथि प्रतिकेजी पाँचसय ४२ रुपियाँ निर्धारण गरेर खरिद गरिएको थियो । गतवर्ष जिल्लाबाट सातसय ५६ वटा खसी–बोका खरिद गरिएको थियो । दाङमा कम्पनीले तुलसीपुर र देउखुरीलगायतका क्षेत्रबाट खसी–बोका खरिद गरेको हो । चाडपर्वको समयमा काठमाडौंमा हुन सक्ने मासुको अभावलाई टार्नका लागि खाद्यले प्रत्येक वर्ष जिल्लामा खसी–बोका खरिद गरेर काठमाडौं पठाउने गरेको प्रमुख सुनारले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending