Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ नरोकिने ह्यारिसको भनाइ

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक रिहाइ र गाजामा युद्धविरामका लागि सम्झौता गर्न अमेरिकाले आफ्नो ‘दबाब’ कम नगर्ने बताएकी छिन् । 

वासिङ्टनले इजरायलसँग मानवीय सहायताका लागि काम गरिरहेको छ र ‘बन्धकहरूलाई रिहा गर्ने र युद्धविराम गर्ने सम्झौताको आवश्यकता छ । हामी इजरायल र अरब नेतासहित यस क्षेत्रमा दबाब दिने सन्दर्भमा रोकिने छैनौं,” ह्यारिसले सीबीएसको ‘६० मिनेट्स’ लाई दिएको अन्तवार्तामा भनिन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘सुनिरहनुभएको छैन नि’ भनी सीबीएसका बिल ह्वाइटेकरले ह्यारिसलाई अन्तर्वार्ताका क्रममा उनको भनाईप्रति प्रतिप्रश्न गरेको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार ह्यारिसले अमेरिकी प्रयासका कारण इजरायलले त्यस क्षेत्रमा धेरै महत्त्वपूर्ण कामहरू गरेको तर्क गरिन् । 

इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको उल्लेख गर्दै उनले भनिन्, “इजरायललाई यस प्रकारका आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्न हामीले सक्दो प्रयास गर्नु हामीलाई अनिवार्य छ । गाजामा अक्टोबर ७ मा हमासले एक्कासी गरेको एक बर्षको सन्दर्भमा इजरायल उच्च सतर्कतामा छ । 

इजरायलले लेबनानमा हमासको इरानसमर्थित सहयोगी हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ र इरानी क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएको छ । गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो । 

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ । दुवै पक्षले गरेका आक्रमण र कारबाहीका क्रममा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो । ह्विटेकरले नेतन्याहू अमेरिकाको ‘वास्तविक र घनिष्ठ सहयोगी’ हो वा होइन भनी सोधेको प्रश्नमा ह्यारिसले भनिन्, “राम्रो प्रश्न के हो भने के अमेरिकी जनता र इजरायली जनताबीच महत्वपूर्ण गठबन्धन छ ? र उक्त प्रश्नको जवाफमा कुनै दोधार छैन । अमेरिकी र इजरायली जनताबीच अत्यन्त्यै राम्रो सम्बन्ध छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending