काठमाडौं । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुचित तरिकाले भाडा बढाएका वायुसेवा कम्पनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
अध्यक्ष महर्जनलले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै बढी भाडा लिने विमान कम्पनिलाई कारवाही अग्रण र यात्रुबाट असूल गरेको बढी भाडा फिर्ता दिलाउन समेत माग गरेका छन् ।
उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनेका छन्-
दशैं, तिहार जस्तो चाडबाडको मुखैमा अत्याधिक बर्षाको कारण आएको बाढी पहिरोले २ सय भन्दा बढि नेपालीको मृत्यु भएको सयौंको संख्यामा बेपत्ता भएको र अर्बौंको पुलपुलेसा, सडक लगायतका भौतिक संरचनाहरुको क्षति भएको यो दुखद अवस्थामा सम्पूर्ण नेपाली जनता शोक र पीडाको अवस्थामा रहेकोछ र नेपाल सरकारले नै तीन दिनसम्म राष्ट्रिय शोक मनाइ रहेको अवस्थामा निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले साविकको हवाइ भाडा भन्दा दुगुना चौगुणा मूल्य लिई असहिष्णुता र असंवेदनशीलता देखाउदै आम नेपाली यात्रुले सडक पुल बिग्रेको भत्केको वा बगाएको अवस्थामा बैकल्पिक यात्राको रुपमा चढने हवाइ यात्रालाई अत्यन्त महंगो मूल्य तिर्न बाध्य बनाएकोछ ।
नेपाल सरकारको आग्रह र निर्देश समेतलाई लत्याई आश्विन १३, १४, १५ र १६ गते साविकको हवाइ भाडा भन्दा दुगुना तिगुना लिई उपभोक्ता ठग्ने वायुसेवा कम्पनीहरुलाई कालोबजार तथा केही सामाजिक अपराध नियन्त्रण ऐन, २०३२, उपभोक्ता संरक्षण ऐन, २०७५ र नागरिक उडड्यन ऐन, २०७३ को दफा १२ बिपरित काम गरी नेपालको संबिधान २०७२ को धारा ४४ ले दिएको नागरिकको मौलिक हक हनन हुने गरी काम गरेको हुंदा अनुचित व्यापारिक कृयाकलाप गरी संगठित रुपमा हवाइ भाडा बढाइ यात्रु (उपभोक्ता) लाई शोषण गरेकोमा हदैसम्म कारवाही गर्न र यात्रुबाट अनुचित तरिकाले बढि लिएको हवाई भाडा तत्काल सम्बन्धीत वायुसेवा कम्पनीहरुबाट सम्बन्धीत यात्रुहरुलाई फिर्ता दिलाई पाउनको लागी सम्माननीय प्रधानमन्त्रीज्यूमा आग्रह गर्ने राष्ट्रिय उपभोक्ता मन्चको मिति २०८१।०६।१८ गते बसेको बैठकले निर्णय भएको व्यहोरा अनुरोध गर्दछुं ।
सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पीडित आम उपभोक्ताको तर्फबाट हार्दिक अनुरोध गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तत्काल आवश्यक कारवाहीको लागी निर्देशन दिन र उपभोक्ता अधिकार संरक्षित गरी पाउनको लागी यो निवेदन पेश गरेकोछौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: