Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भाडा बढाएका वायुसेवा कम्पनीलाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुचित तरिकाले भाडा बढाएका वायुसेवा कम्पनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । 

अध्यक्ष महर्जनलले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै बढी भाडा लिने विमान कम्पनिलाई कारवाही अग्रण र यात्रुबाट असूल गरेको बढी भाडा फिर्ता दिलाउन समेत माग गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनेका छन्- 

दशैं, तिहार जस्तो चाडबाडको मुखैमा अत्याधिक बर्षाको कारण आएको बाढी पहिरोले २ सय भन्दा बढि नेपालीको मृत्यु भएको सयौंको संख्यामा बेपत्ता भएको र अर्बौंको पुलपुलेसा, सडक लगायतका भौतिक संरचनाहरुको क्षति भएको यो दुखद अवस्थामा सम्पूर्ण नेपाली जनता शोक र पीडाको अवस्थामा रहेकोछ र नेपाल सरकारले नै तीन दिनसम्म राष्ट्रिय शोक मनाइ रहेको अवस्थामा निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले साविकको हवाइ भाडा भन्दा दुगुना चौगुणा मूल्य लिई असहिष्णुता र असंवेदनशीलता देखाउदै आम नेपाली यात्रुले सडक पुल बिग्रेको भत्केको वा बगाएको अवस्थामा बैकल्पिक यात्राको रुपमा चढने हवाइ यात्रालाई अत्यन्त महंगो मूल्य तिर्न बाध्य बनाएकोछ ।

नेपाल सरकारको आग्रह र निर्देश समेतलाई लत्याई आश्विन १३, १४, १५ र १६ गते साविकको हवाइ भाडा भन्दा दुगुना तिगुना लिई उपभोक्ता ठग्ने वायुसेवा कम्पनीहरुलाई कालोबजार तथा केही सामाजिक अपराध नियन्त्रण ऐन, २०३२,  उपभोक्ता संरक्षण ऐन, २०७५ र नागरिक उडड्यन ऐन, २०७३ को दफा १२ बिपरित काम गरी नेपालको संबिधान २०७२ को धारा ४४ ले दिएको नागरिकको मौलिक हक हनन हुने गरी काम गरेको हुंदा अनुचित व्यापारिक कृयाकलाप गरी संगठित रुपमा हवाइ भाडा बढाइ यात्रु (उपभोक्ता) लाई शोषण गरेकोमा हदैसम्म कारवाही गर्न र यात्रुबाट अनुचित तरिकाले बढि लिएको हवाई भाडा तत्काल सम्बन्धीत वायुसेवा कम्पनीहरुबाट सम्बन्धीत यात्रुहरुलाई फिर्ता दिलाई पाउनको लागी सम्माननीय प्रधानमन्त्रीज्यूमा आग्रह गर्ने राष्ट्रिय उपभोक्ता मन्चको मिति २०८१।०६।१८ गते बसेको बैठकले निर्णय भएको व्यहोरा अनुरोध गर्दछुं । 

सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पीडित आम उपभोक्ताको तर्फबाट हार्दिक अनुरोध गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तत्काल आवश्यक कारवाहीको लागी निर्देशन दिन र उपभोक्ता अधिकार संरक्षित गरी पाउनको लागी यो निवेदन पेश गरेकोछौं । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending