Ntc summer Offer
Khabar Dabali २२ आश्विन २०८१ मंगलवार | 8th October, 2024 Tue
Investment bank

पैतालामा टेपले बेरेर ल्याइएको सुनसहित भारतीय नागरिक पक्राउ

खबरडबली संवाददाता

हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं.को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्ने क्रममा उक्त माइक्रोमा सवार भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवाका  सुजित सर्राफलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्राफमाथि शङ्का लागि निजको शरीर तथा झोला खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेँलो धातु फेला परेको जनाएको छ । 

प्रहरीले निज सर्राफको साथबाट बिस्कुटको आकारको टुक्रा चार थान, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ । सर्राफको साथबाट बरामद गरिएको बिलबिजक नभएको सुन मङ्गलबारको बजार भाउ अनुसार ६७ लाख ३४ हजार ५४४ रुपियाँ रहेको प्रहरीको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छ: गृहमन्त्री लेखक

ललितपुर । गृहमन्त्री रमेश लेखकले हालैको विपत्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताएका छन् । आज ललितपुरको महाँकाल गाउँपाल...

भेट्रान फुटबल प्रतियोगिताको खेल खेल्दै गरेका एक खेलाडीकाे मृत्यु

बारा । बाराको जितपुर-सिमरा उपमहानगरपालिका, ५ बकुलिया खेल मैदानमा भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ । मृत्यु ह...

महानगरपालिका कार्यपालिका बैठक: गौशाला सञ्चालन व्यवस्थापन गर्ने निर्णय

काठमाडौं । पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ ।  असोज २० गते ब...

इङल्याण्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तान बलियो अवस्थामा

काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेको छ । घरेलु मैदानमा जारी टेस्टको दोस्रो दिन पाकिस्तानले तीन खेलाडीको शतक...

उमर अब्दुल्ला जम्मु कश्मिरको मुख्यमन्त्री बन्ने

काठमाडौं । जम्मु कश्मिरको मुख्यमन्त्री नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला बन्ने भएका छन् । आज आएको चुनावको नतिजापछि नेशनल कन्फेरेन्सर कांग्रेससहितको...

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् ।  लगानी बोर्डको ५९औँ ...

काठमाडौं उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भू-...

प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा आश्विन २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प...

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

सिन्धुपाल्चोक । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेली...

भेरी अस्पतालमा एमडी र एमएस पढाइका लागि २८ जनाको कोटा निर्धारण

बाँके । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ । चिकित्सा विज्ञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy