रामेछाप । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँग आएको बाढीका कारण रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौंबाट रामेछाप आवतजावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ ।
सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खुर्काेटमा रहेको पक्की पुल सुनकोशीले बगाएको छ । त्यस्तै पश्चिम रामेछापलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खाँडादेवी गाउँपालिका–१ राकाथुमको खैरेनीघाट र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा स्थित पक्की पुल पनि सुनकोशीको बाढीले बगाएको छ । रामेछापलाई राजधानी काठमाडौं र तराईसँग जोड्ने खाँडादेवी गाउँपालिका–३ सित्खा र सिन्धुली जोड्ने एउटा पुल मात्रै बाँकी छ ।
सोही पुल मार्फत अहिले रामेछापबाट सिन्धुली हुँदै तराई क्षेत्र जाने सडक भने आइतबार रातिबाटै सञ्चालन भइरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । उनले भने, “रामेछापलाई खाद्यान्नका सामग्री तथा पेट्रोलियम पदार्थहरूको अभाव हुन नदिन सबैको ध्यान यही बाटो सञ्चालनमा गयो । जिल्ला प्रशासन, स्थानीय सरकार लगायत सरोकारवाला निकायको लामो प्रयासपछि सित्खाबाट तराईका क्षेत्र जाने आउने सडक सञ्चालन भइरहेको छ । यसले रामेछापेली जनतालाई ठुलो राहत भएको छ ।”
यसैगरी, राजधानी काठमाडौंसँगको रामेछापको सम्बन्धनै विच्छेद भएपछि जिल्ला स्थित सबै सरोकारवाला निकाय वैकल्पिक बाटो सञ्चालन गर्न तिर लागेका छन् । अहिले काठमाडौंबाट काभ्रेको बनेपा–सिन्धुपाल्चोकको खाडिचौर–मुडे हुँदै दोलखाको चरिकोट–तामाकोशी मिल्ती हुँदै रामेछापको मन्थली नगरपालिकाको फुलासी जिरो किलोबाट मन्थली नगरपालिका वडा नं ११ र १२ गेलु हुँदै सदरमुकाम मन्थलीसम्मको बाटो सञ्चालनलाई जोड दिइएको छ । सोही अनुसार अहिले मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माणका काम सुरु गरिएको छ ।
सदरमुकाम मन्थली नजिकै मन्थली नगरपालिका वडा नं ८ चिसापनीस्थित करमबोट पारी तामाकोशीले कटान गरेको सडक निर्माणको काम थालिएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताए । राजधानी काठमाडौंबाट रामेछाप आवतजावत गर्ने सवारी साधन सञ्चालन हुने वैकल्पिक सडकका रूपमा यो सडक मर्मतको काम थालिएको उनले बताए ।
उनले भने, “अहिले मन्थली नगरपालिका, पूर्वाधार विकास कार्यालय लगायतले क्षति भएका ठाउँ ठाउँका सडक मर्मत तथा पुनर्निर्माण काम गरिरहेको छ । यो सडकमार्फत् केही दिनमा काठमाडौँसम्म यातायात सेवा सञ्चालन हुन्छ भन्ने हाम्रो निष्कर्ष हो । सोही अनुसार काम भइरहेको छ ।” उनका अनुसार यो सडक मार्फत सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ८, ९,१०, ११, १२, १३ र १४ वडासम्म भने भोलीसम्ममा यातायातको साधन सञ्चालन गर्ने गरी काम भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: