Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रामेछापकाे मुख्य सडक अवरुद्ध, चरिकोट-तामाकोशी-फुलासी-मन्थली सडक विकल्पमा

खबरडबली संवाददाता

रामेछाप । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँग आएको बाढीका कारण रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौंबाट रामेछाप आवतजावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ । 

सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खुर्काेटमा रहेको पक्की पुल सुनकोशीले बगाएको छ । त्यस्तै पश्चिम रामेछापलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खाँडादेवी गाउँपालिका–१ राकाथुमको खैरेनीघाट र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा स्थित पक्की पुल पनि सुनकोशीको बाढीले बगाएको छ । रामेछापलाई राजधानी काठमाडौं र तराईसँग जोड्ने खाँडादेवी गाउँपालिका–३ सित्खा र सिन्धुली जोड्ने एउटा पुल मात्रै बाँकी छ । 

सोही पुल मार्फत अहिले रामेछापबाट सिन्धुली हुँदै तराई क्षेत्र जाने सडक भने आइतबार रातिबाटै सञ्चालन भइरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । उनले भने, “रामेछापलाई खाद्यान्नका सामग्री तथा पेट्रोलियम पदार्थहरूको अभाव हुन नदिन सबैको ध्यान यही बाटो सञ्चालनमा गयो । जिल्ला प्रशासन, स्थानीय सरकार लगायत सरोकारवाला निकायको लामो प्रयासपछि सित्खाबाट तराईका क्षेत्र जाने आउने सडक सञ्चालन भइरहेको छ । यसले रामेछापेली जनतालाई ठुलो राहत भएको छ ।”

यसैगरी, राजधानी काठमाडौंसँगको रामेछापको सम्बन्धनै विच्छेद भएपछि जिल्ला स्थित सबै सरोकारवाला निकाय वैकल्पिक बाटो सञ्चालन गर्न तिर लागेका छन् । अहिले काठमाडौंबाट काभ्रेको बनेपा–सिन्धुपाल्चोकको खाडिचौर–मुडे हुँदै दोलखाको चरिकोट–तामाकोशी मिल्ती हुँदै रामेछापको मन्थली नगरपालिकाको फुलासी जिरो किलोबाट मन्थली नगरपालिका वडा नं ११ र १२ गेलु हुँदै सदरमुकाम मन्थलीसम्मको बाटो सञ्चालनलाई जोड दिइएको छ । सोही अनुसार अहिले मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माणका काम सुरु गरिएको छ । 

सदरमुकाम मन्थली नजिकै मन्थली नगरपालिका वडा नं ८ चिसापनीस्थित करमबोट पारी तामाकोशीले कटान गरेको सडक निर्माणको काम थालिएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताए । राजधानी काठमाडौंबाट रामेछाप आवतजावत गर्ने सवारी साधन सञ्चालन हुने वैकल्पिक सडकका रूपमा यो सडक मर्मतको काम थालिएको उनले बताए । 

उनले भने, “अहिले मन्थली नगरपालिका, पूर्वाधार विकास कार्यालय लगायतले क्षति भएका ठाउँ ठाउँका सडक मर्मत तथा पुनर्निर्माण काम गरिरहेको छ । यो सडकमार्फत् केही दिनमा काठमाडौँसम्म यातायात सेवा सञ्चालन हुन्छ भन्ने हाम्रो निष्कर्ष हो । सोही अनुसार काम भइरहेको छ ।” उनका अनुसार यो सडक मार्फत सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ८, ९,१०, ११, १२, १३ र १४ वडासम्म भने भोलीसम्ममा यातायातको साधन सञ्चालन गर्ने गरी काम भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending