Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

यौन शक्ति बढाउन के खान हुन्छ के हुदैन ?

खानेकुरासंग सेक्स साइनो कस्तो हुन्छ ?

खबरडबली संवाददाता

यौन इच्छा सवैमा हुन्छ तर कसैले यसबारे कुरा गर्दा समाजले बहिस्कार गर्ला जस्तो हुन्छ । सेक्सको साइनो कृषिजन्य वस्तुसंग सिधै गासिएको हुन्छ । तर हामीले यसलाई प्रयोग गर्न जानिरहेका हुदैनौ । यौन क्षमता बढाउन कतिपय मानिसहरुले भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । यौनशक्ति बढाउने धेरै घरेलु उपायहरु छन् । सेक्स कला पनि हो । तर हामी केवल उत्तेजना मेटाउने साधनको रुपमा मात्रै लिन्छौं ।

फलफूल तथा तरकारी जन्य वस्तुमा प्रायः सेक्स पावर बढाउने केही न केही तत्वहरु हुन्छन् । आज यसैबारे हामीले जानकारी दिने प्रयासमा छौं । किसमिस, ओखर, अनार, अण्डा, रातो खुर्सानी, गाँजर, भिँडी लगायत धेरै कुरामा यौन शक्ति बढाउने तत्वहरु भएको पाइन्छ ।


भिँडीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले तपाईको सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ ।नियमति रुपमा बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा पनि यौन क्षमता बढ्छ।
गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ ।

भिटामिनले पुरुषमा यौन शक्ति बढाउन भूमिका खेल्छ । सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस्। जसल वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस्। सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाहट हुनुहुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।

यौन शक्ति बढाउने यी चिज
अन्डाः
अन्डाले यौन शक्ति बढाउने गर्छ। यसमा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छन्। यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन्। त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोन बढाउने गर्छ।

अदुवाः अदुवाले तपाईंको रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउने गर्छ। साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ। सेक्सअघि अदुवा हालेको चिया खानुभयो भने यसले तपाईंको शरीरलाई तताउने र मुटुको गतिलाई तीव्र बनाउने काम गर्छ।

खरबुजाः खरबुजामा सिट्रुलाइन नामक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ। यसले रक्तवाहिनी नलीलाई तनावमुक्त गराउने र यौनांगमा रगतको प्रवाह तीव्र बनाउने काम गर्छ। यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागि मानिसले भिएग्रा लिने गर्छन्। खरबुजामा पाइने तत्वले पनि भिएग्राको काम गर्न सक्मछ।

तुलसीः तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ। तुलसीको पाउडर अथवा तेल शरीरमा घस्नाले र तुलसीको पात खानाले यौन उत्तेजना जगाउने हार्मोन बढी उत्सर्जन हुन्छन्।

लसुनः सेक्सअघि लसुन खानाले मुख गनाउँछ, जसले गर्दा सेक्स सुन्दर नहुन सक्छ। सेक्सका क्रममा मुख नगनाउने गरी समय अन्तर कायम गरेर लसुन खानाले बेडमा तपाईंको प्रस्तुति प्रभावकारी हुन सक्छ। लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ।

एभोकाडोः एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन्। भिटामिन बी–६ ले पुरुषको सेक्स हार्मोन बढाउने गर्छ। त्यस्तै पोटासियमले महिलाको थाइराइड ग्ल्यान्डलाई सुचारु र स्वस्थ अवस्थामा राख्छ। थाइराइड ग्ल्यान्डको सीधा सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ। एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ। भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छन्।

कालो चकलेटः कालो चकलेटलाई पश्चिमी समाजमा ‘छिल्लिएको खानेकुरा’समेत भन्ने गरेका छन्। कालो चकलेटमा फेनाइलेथाइलामाइन जस्ता प्रेम रसायन पाइन्छन्, जसले दिमागमा डोपामाइन र अनान्डामाइडजस्ता न्युरोट्रान्सिमटरलाई दिमागमा रिलिज गर्ने काम गर्छन्। यिनले व्यक्तिलाई सन्तुष्टि प्रदान र हासिल गर्न प्रेरित गर्छन्। जर्नल अफ सेक्सुअल मेडिसिनले गरेको एउटा सर्वेक्षणमा हरेक दिन एक टुक्रा कालो चकलेट खाने युवतीको यौनजीवन नखानेको भन्दा सुखद हुने पाइएको थियो।

बदामः बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ। यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हार्मोन बढी उत्पादन गराउँछ। बदामको सुगन्ध मात्रले महिलामा यौनभाव सिर्जना हुने गर्छ भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्। त्यस्तै, यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ।

कुरिलोः कुरिलोमा भिटामिन ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पुर्यालउँछन्।

केराः केरालाई फिल्महरूमा ‘सेक्स सिम्बोल’का रूपमा पनि प्रस्तुत गरिन्छ। केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ। यसले कामोत्तेजना बढाउने गर्छ। त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन्।

रातो खुर्सानीः रातो खुर्सानीले सेक्सको मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज गराउँछ। यसले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ।

फर्सीको बियाँः फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छन्। यसले यौनजीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ।


सेक्स सम्बन्ध राख्नु अघि यी तलका खानेकुरा नखादा फाइदा...

ब्रोकाउलीः ब्रोकाउली र काउलीमा पनि गेडागुडीमा जस्तै सुगर पाइन्छ। जुन पच्न समय लाग्छ। अमेरिकाको जोन हप्किन्स अस्पतालले गरेको एउटा अनुसन्धानअनुसार यस्तो सुगर पचाउन शरीरले मिथेन रिलिज गर्नेगर्छ। सेक्सका क्रममा उपयोगी हुने मिथेन ग्यास निस्कासन हुनु राम्रो होइन।पनिरः पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ। तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन। पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ। यसले यौन उत्तेजनालाई शान्त गर्छ। त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानि”दैन।

पुदिनाः पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ। पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ। टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन्।

लसुन र प्याजः सेक्समा लीन हुनअघि लसुन खानु हुँदैन। यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ। फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन।

गेडागुडीः गेडागुडी चाँडै पच्दैन। गेडागुडी खानाले ग्यास बनाउँछ। सेक्सको मजालाई ग्यासले कम गरिदिने भएकाले सेक्सअघि भरसक गेडागुडी खानु हुँदैन। साथै गेडागुडीमा पाइने सुगर पच्न समय लाग्छ। अपच पेट सेक्सका लागि अनुकूल हुँदैन।चिजः चिज पनि पच्न समय लाग्छ। यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ। यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन।

चुइङ्गमः चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ। तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन। मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो।

तारेको आलुः तारेको आलुमा फ्याट बढी हुन्छ। यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ। तर, सेक्समा रक्तसञ्चार तीव्र हुनु राम्रो हुन्छ। साथै तारेको आलुमा नुनको मात्रा कम हुने भएकाले यसले उत्तेजना घटाउने र शरीरलाई अल्छी महसुस गराउने गर्छ।

रातो मासुः रातो मासु हेभी डाइट हो। रातो मासु खाएपछि पच्न लामो समय लाग्छ। रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ। यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending