वासिङ्टन। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन (आइएसएस)सँग जोडिएको छ ।
फाल्कन ९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न १ः१७ बजे उडान भरेको थियो र ड्रैगन अन्तरिक्ष यानमा सवार क्रू–९ मिसनले आइतबार साँझ ५ः३० बजे आईएसएससँग सम्पर्क गरेको थियो ।
‘ड्रयागन क्याप्सुल’ ले आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्ष यात्री निक हेग र रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ साँझ ७ बजेपछि आफ्ना तैरिरहेका सहकर्मीलाई अँगालो हालेर स्टेसनमा चढेका थिए ।
“म ड्रागन फ्रिडमबाट हाम्रो नयाँ कम्प्याडरहरूलाई स्वागत गर्न चाहन्छु,” फसेका दुई अन्तरिक्ष यात्रीहरूमध्ये एक यात्री स्टेशन कमान्डर सुनी विलियम्सले भन्नुभयो ।
हेग र गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेशनबाट फर्किँदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउनेछन् । बोइङले डिजाइन गरेको अन्तरिक्ष यान (स्टारलाइनर) को समस्याका कारण आईएसएसमा उनीहरूको बसाई महिनौंसम्म लम्बिएको थियो ।
विल्मोर र विलियम्सलाई गत जुनमा आईएसएसमा पुर्याउँदा नयाँ विकसित स्टारलाइनरले चालक दलसहितको आफ्नो पहिलो उडान गरिरहेको थियो ।
उनीहरू त्यहाँ केवल आठ दिनका लागि मात्र हुनुपर्ने थियो, तर त्यहाँ उडानको क्रममा स्टारलाइनरको ‘प्रोपल्सन सिस्टम’ मा समस्या देखा परेपछि नासाले योजनामा आमूल परिवर्तन गर्न बाध्य भएको थियो ।
स्टारलाइनरको सफल अवतरणको विश्वसनीयताको बारेमा हप्तौंको गहन परीक्षणपछि नासाले अन्ततः यसलाई आफ्नो चालक दल बिना पृथ्वीमा फर्काउने निर्णय गरेको थियो ।
अर्बपति एलन मस्कद्वारा स्थापित निजी कम्पनी स्पेसएक्सले आईएसएस चालक दलका सदस्यहरूलाई घुमाउन अनुमति दिन प्रत्येक छ महिनामा नियमित मिसनहरू उडान गर्दै आएको छ ।
तर नासाका विशेषज्ञहरूलाई स्टारलाइनरको विश्वसनीयताको मूल्याङ्कन गर्न र कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न थप समय दिनका लागि क्रू–९ को प्रक्षेपण अगस्टको मध्यदेखि सेप्टेम्बरको अन्त्यसम्म स्थगित गरिएको थियो ।
हेग र गोर्बुनोभले करिब पाँच महिना आईएसएसमा बिताउनेछन् । विल्मोर र विलियम्सले त्यहाँ आठ महिना बिताउनेछन् । क्रु–९ ले आफ्नो बसाइको क्रममा करिब २०० वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: