Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सीएमसीको माग

खबरडबली संवाददाता

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु उपचारमा हालसम्म आइपुग्दा १० हजार दुई सय ५० शल्यक्रिया भएका हुन् । 

विश्व मुटु दिवसका अवसरमा अस्पतालद्वारा आइतबार आयोजित  पत्रकार सम्मेलनमा मुटु उपचारमा अस्पताल अग्रणी बनेको जानकारी दिइयो । अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीका अनुसार तीमध्ये पाँच हजार एक सय ७३ जनाको मुटुमा जाली हाल्ने, सात सय १८ जनामा मुटुमा ‘ब्याट्री’ राख्ने, तीन सय सात जनामा मुटुको भल्व खोल्ने, दुई हजार एक सय ९२ जनामा मुटुमा आउने नशाको र एक हजार आठ सय ६० जनाको ‘क्याथल्याब’मा जाँच गरिएको छ ।

यस अस्पतालमा विसं २०७८ वैशाखबाट ‘सिटिभिएस’ सेवा सुरु गरेको थियो । मुटु, छाती र रक्तनलीको शल्यक्रियालाई छोटकरीमा सिटिभिएस भनिन्छ । सिटीभिएसमार्फत हालसम्म एक हजार तीन सय शल्यक्रिया भएका छन् । सात दिनको बच्चादेखि ७८ वर्षका वृद्धसम्म र नौ सय ग्रामदेखि ९० केजी तौलसम्मका व्यक्तिको सिटिभिएसमार्फत शल्यक्रिया गरिएको सिटिभिएस सर्जन प्रा डा अनिल आचार्यले जानकारी दिए । उनका अनुसार यी शल्यक्रियामध्ये मुटुको ‘ओपनहर्ट सर्जरी’ १० प्रतिशत, रक्तनलीका ७० प्रतिशत र फोक्सोका २० प्रतिशत छन् । 

अस्पतालमा न्यूक्लियर कार्डियोलोजी सेवा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस विभागमा मुगा स्क्यानमार्फत मुटुको काम गर्ने क्षमता नाप्ने गरिन्छ । यसरी स्क्यान गर्दा इकोले भन्दा वास्तविक देखाउँछ । यसैगरी मुटुको नशा साँघुरो भएको अवस्थामा साँघुरो भएको भाग र त्यसपछिको नशाको भाग मृत छ कि छैन भन्ने पत्ता लगाउन ‘स्ट्रेस मेयोकार्डियल पफ्र्युजन स्क्यान’ गरिन्छ । नशाको रोग के छ ? भविष्यमा जोखिम छ कि छैन भन्ने पत्ता लगाउन ‘मेयो कार्डियल भायविलिटी स्क्यान’ गरिन्छ । 

पत्रकार सम्मेलनमा बाल मुटुरोग विशेषज्ञ डा अतिजकुमार मिश्रले नेपालमा हरेक वर्ष करिब छ हजार बालबालिका जन्मजात मुटुरोगका साथ जन्मने बताए । तीमध्ये एक हजार हाराहारीमात्र उपचारमा आउने गरेको जनाउँदै उनले बाँकी उपचारको पहुँच बाहिर रहेको बताए । सरकारले ७० वर्षमाथि र १५ वर्षमुनिकालाई मुटुरोग निःशुल्क सेवा प्रदान गर्ने भए पनि राजधानी बाहिर कुनै पनि अस्पताललाई यो सेवा नदिँदा आर्थिक अभावमा धेरै उपचारबाट वञ्चित भएको उनको भनाइ छ । यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटुरोगसम्बन्धी समस्या लिएर बिरामी आउने गर्छन् । तीमध्ये २० जना बालबालिका हुने गरेका डा मिश्रले बताए । 

अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा रेग्मी सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निष्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदूषण, मानसिक तनावका कारण मुटुरोगका बिरामी बृद्धि भइरहेको बताउँछन् । यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीले अकालमा मृत्युवरण गर्नु नपर्ने उनको भनाइ छ । 

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले बालबालिकादेखि वृद्धवृद्धासम्मको मुटुको सबै खालको उपचार हुने गरेको जानकारी दिए । विगतमा यहाँबाट मुटुको उपचार गर्न राजधानी काठमाडौं जाने गरेकामा अहिले काठमाडौँसहित देशका विभिन्न जिल्लाबाट मुटु उपचारका लागि यहाँ आउने गरेको उनले बताए ।

सरकारले बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क मुटु उपचार कार्यक्रम आफूहरूले पाएमा धेरै बिरामी आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपर्ने प्रा डा न्यौपानेको भनाइ छ । राजधानी काठमाडौँभन्दा सस्तो र उच्चस्तरको मुटु उपचार हुने भएकाले देशकै मुटु उपचारको केन्द्र बन्न सफल भएको उनको दाबी रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE