Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग

खबरडबली संवाददाता

एजेन्सी । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको छ । रोमस्थित एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सप्ताह अन्तमा जारी द्वन्द्वले तत्काल मानवीय प्रतिक्रियाको आवश्यकतालाई जोड दिएको छ । यसले देशभरका आश्रयस्थलहरूमा तयारी खानाका लागि खाद्यान्न, रोटी, ताजा खाना र तयारी खानाका पोकाहरू वितरण गरिरहेको छ ।

बेरुतको बाहिर क्षेत्रमा भएको बम आक्रमणमा इरान समर्थित समूहका नेता हसन नसरल्लाह मारिएको दुई दिनपछि इजरायलले लेबनानको हिजबुल्लाहका दर्जनाआश्रयस्थललाई लक्षित गरी थप हवाई आक्रमण गरिरहेको आइतबार जनाएको छ । सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनको सहयोगी हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेपछि इजरायल र हिजबुल्लाहबीच करिब एक वर्षयता सीमापार गोली हानाहान हुँदै आएको थियो । 

डब्लुएफपीका अनुसार लेबनानमा भएको बम विस्फोटले ‘सञ्चित सङ्कटको बोझले थिचिएको जनसङ्ख्याको समस्यालाई अझ जटिल बनाएको छ ।” लेबनानका लागि डब्लुएफपीका निर्देशक म्याथ्यु होलिङवर्थले भने, “डब्लुएफपीको सहयोग केही दिनमै हजारौँ नयाँ विस्थापितबीच पुगेको छ । 

“सङ्कट गहिरिँदै जाँदा हामीले नगद र खाद्यान्नको मिश्रणबाट १० लाख मानिसलाई सहयोग गर्ने तयारी गरिरहेका छौं,” उनले भने । “अन्तर्राष्ट्रिय समुदायलाई १० करोड ५० लाख अमेरिकी डलर परिचालन गरी वर्षको अन्त्यसम्म सञ्चालनका लागि सहयोग गर्न आह्वान गर्दछौं,” उनले अगाडि भने । डब्लुएफपीका क्षेत्रीय निर्देशक कोरिन फ्लेशरले लेबनान समस्याको एउटा केन्द्रविन्दु र अर्को युद्ध सहन नसक्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: