Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

माथिल्लो तामाकोसीको बाँधमा पहिरो, नेपाली सेनाका दुई जवानसहित पाँच बेपत्ता

खबरडबली संवाददाता

दाेलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गाडी पहिरोमा परेर बेपत्ता भएका हुन् । शनिबार दिउँसो माथिको भीरबाट पहिरो खस्दा उनीहरू नियन्त्रण कक्षमा थिए । 

दोलखा प्रहरीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पहिरोले क्षतिगरेको र दुई सैनिकसहित पाँचजना सम्पर्कविहीन भएको जनाएको छ । माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले आयोजनाका दुई कर्मचारी र ड्युटीमा खटिएका दुई सैनिक सम्पर्कविहीन भएको जानकारी दिए । उनले पहिरोले हेडवक्र्स क्षेत्रका संरचनाहरू क्षति गरेको र घटनास्थलसम्म सुरक्षाकर्मी पुग्नसमेत नसकेको बताए ।

पहिरोले बाँधस्थलनजिकै नियन्त्रण कक्ष रहेको दुईतले घर पुरेको छ भने बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्रभर्ट) मा पनि ठूलो क्षति पुर्याएको छ । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुप्रिएको छ । 

जलासयमा पानीको बहाव उच्च भएपछि माथिल्लो तामाकोशी आयोजनाको विद्युत उत्पादनसमेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरू खुला गरिएका छन् । यसैबीच, परियोजनाले नेपाली सेनालाई पत्रचार गर्दै उद्धारको लागि अनुरोध गरेको छ । हेलिकोप्टर या अन्य उपायबाट उद्धारका लागि परियोजनाले अनुरोध गरेको हो । परियोजनाले जारी गरेको पत्रमा उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च परियोजनाले नै व्यहोर्ने पनि उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending