दाेलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन् ।
४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गाडी पहिरोमा परेर बेपत्ता भएका हुन् । शनिबार दिउँसो माथिको भीरबाट पहिरो खस्दा उनीहरू नियन्त्रण कक्षमा थिए ।
दोलखा प्रहरीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पहिरोले क्षतिगरेको र दुई सैनिकसहित पाँचजना सम्पर्कविहीन भएको जनाएको छ । माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले आयोजनाका दुई कर्मचारी र ड्युटीमा खटिएका दुई सैनिक सम्पर्कविहीन भएको जानकारी दिए । उनले पहिरोले हेडवक्र्स क्षेत्रका संरचनाहरू क्षति गरेको र घटनास्थलसम्म सुरक्षाकर्मी पुग्नसमेत नसकेको बताए ।
पहिरोले बाँधस्थलनजिकै नियन्त्रण कक्ष रहेको दुईतले घर पुरेको छ भने बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्रभर्ट) मा पनि ठूलो क्षति पुर्याएको छ । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुप्रिएको छ ।
जलासयमा पानीको बहाव उच्च भएपछि माथिल्लो तामाकोशी आयोजनाको विद्युत उत्पादनसमेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरू खुला गरिएका छन् । यसैबीच, परियोजनाले नेपाली सेनालाई पत्रचार गर्दै उद्धारको लागि अनुरोध गरेको छ । हेलिकोप्टर या अन्य उपायबाट उद्धारका लागि परियोजनाले अनुरोध गरेको हो । परियोजनाले जारी गरेको पत्रमा उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च परियोजनाले नै व्यहोर्ने पनि उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: