काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले भने, ‘‘नेपालमा एआईको उपयोगमा विकास र प्रवर्द्धन गर्न एवं सो को प्रयोगमा गोपनीयता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति तर्जुमाको कार्य भइरहेको छ ।’’ नेपाल डिजिटल प्रेमवर्कलाई प्रभावकारी बनाउने काम भइरहेको भन्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘‘डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० निर्माण , साइबर सुरक्षाको विषयमा अनुगमन, अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धिसम्बन्धी अवधारणापत्र , प्रविधि र प्रणालीको सुरक्षित र जवाफदेही प्रयोग एवं डिजिटलाइजको सिस्टम निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माण सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनःसंरचना सम्पन्न गर्ने काम भइरहेको छ ।’’
सञ्चारमन्त्री गुरुङले सरकारले सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाउने घोषणा गरेको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको बताए । उनले खुमलटारमा ज्ञान पार्क स्थापना गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गरे ।
‘‘नेपाललाई सूचना प्रविधि हवको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० बर्षमा ३० खर्बको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने घोषणा गरेको छ’, उनले भने, ‘‘सो को कार्यान्वयन योजना निर्माण गर्ने क्रममा सरकार रहेको छ, ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्ने कार्यलाई मन्त्रालयले प्राथमिक्तामा राखेको छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: