Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

कांग्रेस-एमाले मिलाउने सूत्रधार थापा सहकारी प्रकरणमा तानिए, छोराको पनि दोहोरो पासपोर्ट

खबरडबली संवाददाता

काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ ।

त्यस्तै, छोरा सचन थापा अमेरिकी पासपोर्टमा नेपाल बसेर उद्यम व्यवसायमा संलग्न भएको आरोप लागेको छ ।

सामाजिक सञ्जालबाट सार्वजनिक भएको अध्यागमनको अभिलेखअनुसार सचन अमेरिकी नागरिक हुन् र उनले पछिल्लो पासपोर्ट २०२२ मा लिएको देखिन्छ । नेपाल आउँदा उनी ‘नन टुरिस्ट’ भिसामा आएका छन् । विदेशी नागरिकले नेपाल आएर उद्यम व्यवसाय मात्र होइन, रोजगारी गर्न पनि कानुनअनुसार अनुमति लिनुपर्छ । उनले त्यस्तो अनुमति लिएका छन् कि छैनन् भन्ने अनुसन्धानको विषय भएको छ ।

‘हो, म अमेरिकी नागरिक हुँ, मसँग अमेरिकी पासपोर्ट र गैरआवासीय नेपालीले पाउने नागरिकता दुवै छन्,’ उनले भने, ‘नेपालमा बस्दा गैरआवासीय नेपालीका रूपमा गर्नुपर्ने काम मात्र मैले गरेको छु ।’

छोराको नागरिकता विवादमा अन्नपूर्णका अध्यक्ष क्याप्टेन थापामाथि सामाजिक सञ्जालमा प्रश्न उठेको छ । पहुँचको दुरुपयोग गरेको आरोपमा थापाले भने, ‘अन्नपूर्ण र मेरो परिवार पनि कानुनभन्दा माथि छैन, राज्यले अनुसन्धान गरोस्, हामी सहयोग गर्छौं । गलत गरेको भए कानुनी कारबाही भोग्न हामी तयार छौं।’

त्यस्तै सहकारी बचत अपचलन छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको खुलाएको छ । गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ । राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘२०७३ चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा जीबी राई देखिएका थिए । राईले एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडियो अहिले पनि सार्वजनिक रूपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ ।’ यद्यपि लगानी भएको रकम भने प्रतिवेदनमा खुलेको छैन ।

एपीवानमा कुरा नमिलेपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘एपीवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रममार्फत अलग छवि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

संस्थापक अध्यक्ष क्याप्टेन थापा भने एपीवान टेलिभिजनमा जीबी राई कहिल्यै पनि साझेदार नरहेको र सहकारीको रकम नआएको दाबी गर्छन् । तर, संसदीय समितिले एपीवान टेलिभिजन भनेर स्पष्ट किटान गरेको विषयमा उनी भन्छन्, ‘एपीवान टेलिभिजन होइन, एपीवान मिडियामा जीबी राई साझेदार थिए । एपीवान टेलिभिजन २०७० मा नै स्थापना भएको हो । दुई वर्षपछि एपीवान मिडियाका नाममा विज्ञापन एजेन्सी सञ्चालन भएको थियो जसमा जीबी राई पनि साझेदार थिए । तर, २०७५ मा सेयर ट्रान्सफर गरेर म कम्पनीबाट अलग भएँ ।’

नेचर हर्ब्सलगायतको विज्ञापन गरेबापत करिब दुई करोड रुपैयाँ राईबाट लिन अझै बाँकी रहेको दाबी थापाको छ ।यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending