Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बङ्गलादेशको परिवर्तनपछि रोहिङ्ग्या शरणार्थी आशावादी

खबरडबली संवाददाता

बङ्गलादेश । रोहिङ्ग्या शरणार्थी शोन्जिदाले बङ्गलादेशमा वर्षौंसम्म दुःख र हिंसा सहनुपर्दा आफू निराश हुनुपरेको बताए । गत महिना पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि बनेको सरकारले उनलाई भविष्यका लागि नयाँ आशा जगाएको हो । 

राज्यविहीन र उत्पीडनमा परेका मुस्लिम अल्पसङ्ख्यक समुदायका करिब १० लाख सदस्य म्यानमारको आफ्नो मातृभूमिमा भएको हिंसाबाट भागेर बङ्गलादेशी विशाल राहत बसिरहेका छन् । सन् २०१७ मा म्यान्मारको सेनाको दमनबाट भागेका करिब सात लाख ५० हजार रोहिङ्ग्याका लागि सीमा खुला गरेकोमा अन्तर्राष्ट्रिय समुदायले हसिना प्रशासनको प्रशंसा गरेको थियो । त्यसपछिका वर्षहरूमा शिविरहरूमा व्यापक भ्रष्टाचारले शरणर्थीलाई कुपोषणको शिकार बनाएको छ । यहाँ पटक पटक सशस्त्र आक्रमणका घटना देखा परेका छन् । 

शिबिरका बासिन्दाले हसिनाको बहिर्गमनले उनीहरूको दुर्दशामा नयाँ ध्यान ल्याउनेमा आशा गरेका छन् । “हामी र हाम्रा बच्चाहरू रातको समयमा गोलीकाण्डका कारण डरमा बाँचिरहेका छौं,” ४२ वर्षीया शोन्जिदाले एएफपीसँग भने । शोन्जिदा आफ्नो शिविरमा विद्यालय जाने उमेरका बालबालिकाका लागि स्थापना गरिएका केही अनौपचारिक सिकाइ केन्द्रहरूमध्ये एकमा पढाउँछन् । यसले उनलाई आफ्नो समुदायले सामना गरिरहेका विविध समस्याहरूको बारेमा एक अस्थिर अन्तर्दृष्टि प्रदान गर्छ । 

यी केन्द्रहरूले शिविरका परिवारहरूको एक अंशलाई मात्र पूरा गर्न सक्षम छन् । शरणार्थीको हैसियतले उनीहरूलाई बङ्गलादेशी विद्यालय, विश्वविद्यालय र स्थानीय रोजगार बजारबाट टाढा राख्छ । उनका धेरै विद्यार्थी कुपोषित छन् किनभने अन्तर्राष्ट्रिय सहायतामा आएको ह्रासका कारण रासन कटौती हुनुपरेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार यस वर्ष अहिलेसम्म भएका झडपमा ६० भन्दा बढी शरणार्थीको मृत्यु भएको र शिविर नियन्त्रणका लागि लडिरहेका प्रतिद्वन्द्वी लडाकू समूहको आवाजले उनीहरू डराएका छन् । शोन्जिदाले भने, “हामी शान्ति चाहन्छौं र अब गोली नचलोस् र हाम्रा बच्चाहरू अब डराउनु नपरोस् भन्ने चाहन्छौँ ।”

“नयाँ सरकार सत्तामा छ, हामी आशा गर्दछौं कि यसले हामीलाई शान्ति, समर्थन, खाना र सुरक्षा प्रदान गर्नेछ । राजधानी ढाकास्थित हसिनाको दरबारमा हजारौं मानिसले आक्रमण गर्न पुगेको केही क्षणअघि गत महिना विद्यार्थी नेतृत्वको विद्रोहका कारण हसिनालाई सत्ताच्युत गरिएको थियो । यस आन्दोलनले आफ्ना विरोधीहरूको गैरन्यायिक हत्या, प्रेस प्रतिबन्ध र नागरिक समाजमाथिको दमनले ग्रस्त लामो शासनको पर्दा ढालेको थियो । म्यान्माबाट भागेका रोहिङ्ग्याहरूलाई स्वागत गर्ने हसिनाको निर्णयले उनलाई वासिङ्टन र अन्य पश्चिमी सहयोगीबाट केही कूटनीतिक राहत दिलाएको थियो । 

अन्यथा, उनको कार्यकालमा गरिएका दुव्र्यवहारको बारेमा उनीहरूले नियमित आवाज उठाएका थिए । त्यसपछिका वर्षहरूमा शरणार्थीहरूलाई समायोजित गर्न उनको सरकारले गरेको संघर्ष पनि अधिकारवादी समूहहरूको नियमित आलोचनाको विषय बनेको थियो । शिविरहरूमा भीडभाड कम गर्न कम्तीमा ३६,००० रोहिङ्ग्याहरूलाई पहिले निर्जन र चक्रवात प्रभावित टापु भशान चारमा स्थानान्तरण गरिएको थियो ।

त्यहाँ पठाइएकामध्ये धेरैले आफूहरू आफ्नो इच्छाविपरीत जान बाध्य भएको बताएका छन् र एक जना शरणार्थीले ह्युमन राइट्स वाचसँग आफूलाई दिएको नयाँ घरलाई ‘समुद्रको बीचमा रहेको टापुको जेल’ भनी वर्णन गरेका छन् । शिविरहरूको दयनीय अवस्थाले हजारौँलाई दक्षिणपूर्वी एसियाली देशहरूमा नयाँ शरण खोज्न खतरनाक समुद्री यात्रामा जान उत्प्रेरित गरेको र यस्ता यात्राका कारण थुप्रै समुद्रमा डुबेका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले नयाँ चुनावअघि अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन् र उनले गत महिना आफ्नो कार्यकालको सुरुवातमा रोहिङ्ग्या समुदायलाई निरन्तर सहयोग गरिरहने वाचा गरेका छन् । धेरै शरणार्थीहरूले ८४ वर्षीय युनुसको प्रशासनको प्रारम्भिक हप्ताहरूबाट आफूहरू उत्साहित भएको बताएका छन् । समुदायका नेता ४८ वर्षीय हमिद हुसेनले एएफपीसँग बताए, “हामीले फेसबुक र युट्युबमा देख्यौं कि हाम्रा समुदायका धेरै नेताहरूले उनीहरूसँग कुरा गरेका छन् र उनीहरूसँग भेटेका छन् । म अहिले बढी आशावादी छु ।”

युनुसले रोहिङ्ग्यासमुदायको हेरचाहका लागि बङ्गलादेशलाई अन्तर्राष्ट्रिय समुदायको निरन्तर प्रयासको खाँचो रहेको बताएका छन् । यस हप्ता उनले संयुक्त राज्य अमेरिकाको यात्रा गरेका छन् र समूहका लागि थप विदेशी सहायताको लागि पहल गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति जो बाइडेनसँगको युनुसको भेटपछि लगभग २०० मिलियन अमेरिकी डलर अतिरिक्त कोषको घोषणा गरेको छ । युनुसले शरणार्थीहरू सुरक्षित रूपमा आफ्नो मूल घरमा फर्कने सम्भावना पहिलेभन्दा पातलो देखिएको भन्दै उनीहरूलाई छिटो भन्दा छिटो तेस्रो मुलुकमा पुनस्र्थापना गर्न पनि आह्वान गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: