Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आइएमएफद्वारा पाकिस्तानका लागि सात अर्ब ऋण स्वीकृत

खबरडबली संवाददाता

इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका मार्गहरु सिर्जना गर्न अब्बल आर्थिक नीति र सुधारहरू आवश्यक पर्ने आईएमएफले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 

आएएमएफका अनुसार पाकिस्तान गत जुलाईमा उक्त सम्झौतामा सहमत भएपछि ऋण स्वीकृत भएको हो । बुधबार न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरब, चीन र संयुक्त अरब इमिरेट्सको समर्थनका कारण सम्झौता भएको बताएका छन् । 

वार्ताको अन्तिम चरणमा आईएमएफका सर्तहरू चीनसँग सम्बन्धित थिए । चिनियाँ सरकारले यस अवस्थामा समर्थन गरेकोमा उनले आभार व्यक्त गरे । लामो समयदेखि राजनीतिक र आर्थिक सङ्कटको चक्रमा फसेको पाकिस्तानले कुल २५० अर्ब डलरभन्दा बढी ऋण जम्मा गरेको आइएमएफको पछिल्लो प्रतिवेदनले जनाएको छ । 

आइएमएफका अनुसार पाकिस्तानको लगभग ४० प्रतिशत ऋण विदेशी मुद्रामा बाह्य ऋणदाताहरूलाई तिर्न बाँकी छ । रिपोर्टअनुसार यसको सबैभन्दा ठुलो एकल विदेशी ऋणदाता चीन र चिनियाँ वाणिज्य बैङ्कहरू हुन् । सन् २०२२ को विनाशकारी मनसुन र बाढीका साथै विश्वव्यापी आर्थिक मन्दीपछि राजनीतिक अराजकताको बिचमा अर्थतन्त्र सङ्कुचित भएपछि पाकिस्तान गम्भिर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । 

छिमेकी देशहरूबाट अन्तिम– ऋणकासाथ आईएमएफको उद्धार प्याकेजले बचत गरेको थियो, तर उच्च मुद्रास्फीति र सार्वजनिक ऋणका कारण यसको वित्तीय अवस्था डरलाग्दो अवस्थामा रहेको छ । पाकिस्थानले नयाँ ऋणका लागि आईएमएफ अधिकारीहरूसँग महिनौँसम्म माग गरिरहेको थियो । सङ्कटग्रस्त ऊर्जा क्षेत्रको समाधान गरी करको वृद्धि गर्न घरेलु बिलहरू बढाउने लगायतका सुधारहरूको सर्तमा आएको थियो । 

पाकिस्तानले ‘निरन्तर सुधारका साथ आर्थिक स्थिरता पुनस्थापना गर्न महत्वपूर्ण कदम चालेको आइएमएफले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending