Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

आइएमएफद्वारा पाकिस्तानका लागि सात अर्ब ऋण स्वीकृत

खबरडबली संवाददाता

इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका मार्गहरु सिर्जना गर्न अब्बल आर्थिक नीति र सुधारहरू आवश्यक पर्ने आईएमएफले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 

आएएमएफका अनुसार पाकिस्तान गत जुलाईमा उक्त सम्झौतामा सहमत भएपछि ऋण स्वीकृत भएको हो । बुधबार न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै प्रधानमन्त्री शाहबाज सरिफले साउदी अरब, चीन र संयुक्त अरब इमिरेट्सको समर्थनका कारण सम्झौता भएको बताएका छन् । 

वार्ताको अन्तिम चरणमा आईएमएफका सर्तहरू चीनसँग सम्बन्धित थिए । चिनियाँ सरकारले यस अवस्थामा समर्थन गरेकोमा उनले आभार व्यक्त गरे । लामो समयदेखि राजनीतिक र आर्थिक सङ्कटको चक्रमा फसेको पाकिस्तानले कुल २५० अर्ब डलरभन्दा बढी ऋण जम्मा गरेको आइएमएफको पछिल्लो प्रतिवेदनले जनाएको छ । 

आइएमएफका अनुसार पाकिस्तानको लगभग ४० प्रतिशत ऋण विदेशी मुद्रामा बाह्य ऋणदाताहरूलाई तिर्न बाँकी छ । रिपोर्टअनुसार यसको सबैभन्दा ठुलो एकल विदेशी ऋणदाता चीन र चिनियाँ वाणिज्य बैङ्कहरू हुन् । सन् २०२२ को विनाशकारी मनसुन र बाढीका साथै विश्वव्यापी आर्थिक मन्दीपछि राजनीतिक अराजकताको बिचमा अर्थतन्त्र सङ्कुचित भएपछि पाकिस्तान गम्भिर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । 

छिमेकी देशहरूबाट अन्तिम– ऋणकासाथ आईएमएफको उद्धार प्याकेजले बचत गरेको थियो, तर उच्च मुद्रास्फीति र सार्वजनिक ऋणका कारण यसको वित्तीय अवस्था डरलाग्दो अवस्थामा रहेको छ । पाकिस्थानले नयाँ ऋणका लागि आईएमएफ अधिकारीहरूसँग महिनौँसम्म माग गरिरहेको थियो । सङ्कटग्रस्त ऊर्जा क्षेत्रको समाधान गरी करको वृद्धि गर्न घरेलु बिलहरू बढाउने लगायतका सुधारहरूको सर्तमा आएको थियो । 

पाकिस्तानले ‘निरन्तर सुधारका साथ आर्थिक स्थिरता पुनस्थापना गर्न महत्वपूर्ण कदम चालेको आइएमएफले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: