Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

वर्षा हुन थालेपछि मेची राजमार्गको भञ्ज्याङ-राजदुवाली खण्डमा जोखिम कायमै

खबरडबली संवाददाता

इलाम । गए रातिदेखि निरन्तर वर्षा हुन थालेपछि इलामको माइखोला राजदुवाली माथिको सडक खण्डमा जोखिम बढेको छ । वर्षौँदेखि करोडौँ रुपियाँ खर्चँदा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्गमा अहिले दैनिक चल्ने सवारीसाधनहरूलाई पनि राजदुवाली–भन्ज्याङ सडक खण्ड पार गर्न निकै मुस्किल हुने गरेको हो । 

आगामी चार दिनसम्म वर्षा निरन्तर हुने समाचार आएपछि जिल्लास्थित सरोकारवाला निकायमा थप चिन्ता छ । आज सम्पन्न इलामको आठौँ जिल्ला सभाले पनि यो सडकको वैकल्पिक मार्गको सम्भावना तत्काल खोज्न माथिल्लो निकायमा आग्रह गर्ने प्रस्ताव अघि सारेको जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले बताए । उक्त सडक खण्डको वैकल्पिक सडक निर्माणका लागि चालू आर्थिक वर्षमा योजना आयोगको रातो किताबमा एक करोड रुपियाँ बजेट रहेको उल्लेख छ । "रातो किताबमा उल्लेख यो वैकल्पिक मार्गलाई कसरी कताबाट खोल्ने भन्ने कुरालाई तत्काल पहल थाल्न आवश्यक छ," जिसस प्रमुख राईले भने, "यदि सडक अवरुद्ध भयो भने पहाडी इलाम, पाँचथर र ताप्लेजुङ तीनै जिल्लालाई सङ्कट हुन्छ ।"

इलाम नगरपालिका–१० गोदकको सिमल गोलाईदेखि माइजोगमाई गाउँपालिकामा पर्ने माइबेनी हुँदै इलाम तिल्केनी जोड्ने गरी वैकल्पिक मार्ग जोड्ने गरी यो रकम विनियोजित भएको प्रमुख राईले बताए । हरेक वर्ष वर्षायाम सुरु भएपछि राजमार्गको यो खण्डमा सवारीहरू कष्टपूर्ण ढङ्गले सञ्चालन हुने गरेका थिए । यसपटक पनि यो खण्डमा सडक सुचारु गराउन पानी परेर हिलो हुनसाथ एक्स्काभेटरे सफा गरेर यातायात सहज गराउने गरिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । 

पछिल्लो पटक सडक हिलाम्य भएपछि पुनः निरीक्षणमा पुगेका  सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले यो सडक खण्डमा करिब तीन सय मिटर भू–भागमा बगिरहेको राजमार्गलाई कुनै पनि प्रविधिबाट दीर्घकालीन रूपमा समाधान गर्न सकिने अवस्था नरहेको बताइन । केही दिनअघि यो सडकमा भ्वाङ परेर डिभिजन कार्यालयले ढुङ्गा हालेर भ्वाङ पुरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: