Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

गोरखामा हेलिप्याडमा ढुङ्गा थुपारेर अवरोध

खबरडबली संवाददाता

सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको हेलिप्याडमा ढुङ्गा र निलो झण्डा गाडेर सामागाउँका स्थानीयवासीले हेलिकप्टर ल्याण्ड गर्न नदिएर अवरोध गरेका छन् । 

बुधबार सामागाउँका स्थानीयले हेलिप्याडमा जम्मा भएर निशेधित क्षेत्र खुला गर्न माग राख्दै हेलि उडानमा रोक लगाइएको सामागाउँका स्थानीय मिङमार लामाले जानकारी दिए । उनका अनुसार समबन्धित निकायमा पटकपटक माग राख्दा सुनुवाई नभएपछि बाध्य भएर हेलि उडानमा रोक लगाएको उनले बताए । सरकारले उत्तरी गोरखामा निशेधित क्षेत्र खुला गरिदिन उत्तरी गोरखाबासीको जायज मागलाई प्रधानमन्त्री सम्मलाई डेलिगेशन र ज्ञापनपत्र बुझाउँदा समेत बेवस्ता गरेका कारण हेलिकप्टर उडानमा रोक लगाउनु परेको चुमनुब्री गाउँपालिका–१ समागाउँका वडाअध्यक्ष कर्मा छेवाङ लामाले बताए । 

उत्तरी गोरखावासीलाई सरकारले निशेधित क्षेत्र घोषणापछि उत्तरी गोरखाबासीहरु बिरामी हुँदा, सुत्केरी हुदाँ इमरजेन्सी हुदाँ समेत तत्काल हेलि उडान अनृमति नपाउँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाबाट गुज्रिनु पर्ने अवस्था अन्त्य गर्न हेलि उडान अवरोध गर्नु परेको वडा अध्यक्ष लामाको भनाइ छ । 

"गत असोज १ गते समबन्धित निकायमा हेलि उडान पक्रिया सहज गर्नु पर्ने माग राख्दै ध्यानर्षण गराउँदै माग पुरा नभए हेलि उडान रोक्ने भनेका थियौँ," ‘सम्बन्धित निकायले तपाईहरुको माग लिखित रुपमा ल्याउनुस् भनेपछि गाउँ भेलबाट निर्णय गराएर लिखित रुपमा मागहरु गृहमन्त्रालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पठायौँ," उनले भने । 

पाँच दिनसम्म माग पुरा नभएपछि विरोध स्वरुप हेलि उडान रोक्न बाध्य भएको वडा अध्यक्ष लामाले बताए । उनका अनुसार उत्तरी गोरखाबासीको माग पुरा नभएसम्म हेलि उडान हुन नदिने सामागाउँका स्थानियबासीको जिकिर छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending