सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको हेलिप्याडमा ढुङ्गा र निलो झण्डा गाडेर सामागाउँका स्थानीयवासीले हेलिकप्टर ल्याण्ड गर्न नदिएर अवरोध गरेका छन् ।
बुधबार सामागाउँका स्थानीयले हेलिप्याडमा जम्मा भएर निशेधित क्षेत्र खुला गर्न माग राख्दै हेलि उडानमा रोक लगाइएको सामागाउँका स्थानीय मिङमार लामाले जानकारी दिए । उनका अनुसार समबन्धित निकायमा पटकपटक माग राख्दा सुनुवाई नभएपछि बाध्य भएर हेलि उडानमा रोक लगाएको उनले बताए । सरकारले उत्तरी गोरखामा निशेधित क्षेत्र खुला गरिदिन उत्तरी गोरखाबासीको जायज मागलाई प्रधानमन्त्री सम्मलाई डेलिगेशन र ज्ञापनपत्र बुझाउँदा समेत बेवस्ता गरेका कारण हेलिकप्टर उडानमा रोक लगाउनु परेको चुमनुब्री गाउँपालिका–१ समागाउँका वडाअध्यक्ष कर्मा छेवाङ लामाले बताए ।
उत्तरी गोरखावासीलाई सरकारले निशेधित क्षेत्र घोषणापछि उत्तरी गोरखाबासीहरु बिरामी हुँदा, सुत्केरी हुदाँ इमरजेन्सी हुदाँ समेत तत्काल हेलि उडान अनृमति नपाउँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाबाट गुज्रिनु पर्ने अवस्था अन्त्य गर्न हेलि उडान अवरोध गर्नु परेको वडा अध्यक्ष लामाको भनाइ छ ।
"गत असोज १ गते समबन्धित निकायमा हेलि उडान पक्रिया सहज गर्नु पर्ने माग राख्दै ध्यानर्षण गराउँदै माग पुरा नभए हेलि उडान रोक्ने भनेका थियौँ," ‘सम्बन्धित निकायले तपाईहरुको माग लिखित रुपमा ल्याउनुस् भनेपछि गाउँ भेलबाट निर्णय गराएर लिखित रुपमा मागहरु गृहमन्त्रालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पठायौँ," उनले भने ।
पाँच दिनसम्म माग पुरा नभएपछि विरोध स्वरुप हेलि उडान रोक्न बाध्य भएको वडा अध्यक्ष लामाले बताए । उनका अनुसार उत्तरी गोरखाबासीको माग पुरा नभएसम्म हेलि उडान हुन नदिने सामागाउँका स्थानियबासीको जिकिर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: