Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

फिल्म भूल भुलैया- ३ को सस्पेन्सले भरिएको पोष्टर सार्बजनिक

खबरडबली संवाददाता

काठमाडौँ । कार्तिक आर्यन र तृप्ति डिम्रीको आगामी फिल्म ‘भूल भुलैया ३’ को दर्शकमा निकै क्रेज रहेको छ । फ्यानहरूले यस फिल्मसँग सम्बन्धित हरेक अपडेटमा नजर राखिरहेका छन् । 

बुधबार निर्माण पक्षले यस फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । योसँगै रिलिज पनि पुष्टि भएको छ ।  पहिलो पोस्टर सस्पेन्सले भरिएको छ । अनीस बज्मी निर्देशित फिल्म ‘भुल भुलैया ३’ दीपावलीको अवसरमा रिलिज हुँदैछ । 

आज सार्वजनिक गरिएको पोस्टरबाट यसको पुष्टि भएको छ । पोस्टरमा एउटा बन्द ढोका देखिन्छ, जसमा ताला झुण्डिएको छ । त्यसमा रुद्राक्ष माला र कालव बाँधिएको हुन्छ । पोस्टर निकै सस्पेन्सफुल छ । पोस्टरसँगै कार्तिकले क्याप्सन लेखेका छन्, 'यो दिवालीमा ढोका खुल्नेछ'। यो फिल्मसँगै विद्या बालन पनि यो लोकप्रिय फ्रेन्चाइजको तेस्रो सिरिजमा फर्कदै छिन् । विद्या बालन फिल्म ‘भूल भुलैया’ मा मञ्जुलिकाको भूमिकामा देखिएकी थिइन् । तर, दोस्रो पार्टमा विद्या नदेखिएर अब तेस्रो किस्तामा उनको प्रवेश भएको छ ।

‘भूल भुलैया ३’ ले बक्स अफिसमा अजय देवगन र रोहित शेट्टीको ‘सिंघम ३’सँग प्रतिस्पर्धा गर्नेछ । यो चलचित्र टी–सिरिज फिल्म्स र सिने १ स्टुडियोले निर्माण गरेको हो । थिएटर पछि, फिल्म ओटीटी रिलिज हुनेछ । आज रिलिज भएको पोस्टरबाट फिल्म कुन ओटीटीमा रिलिज हुने भन्ने पनि स्पष्ट भएको छ । यो नेटफ्लिक्समा स्ट्रिम हुने बताइएको छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending