काठमाडौं । पुसबाट फैलिएको डेंगु असोजमा आइपुग्दा ७६ जिल्लामा फैलिएको छ । यही तरिकाले बढ्दै गएमा दसैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १२ हजार ६४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकाे छ भने छ जनाको मृत्यु भएको छ ।
ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबै भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि तनहुँ, काठमाडौँ र पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ । दाहालका अनुसार कास्कीमा एक हजार ९०३, तनहुँमा एक हजार ६४५, काठमाडौंमा एक हजार ५४०, पर्वतमा एक हजार ११० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
त्यसैगरी, चितवनमा ७३३, गोरखामा ४५१ ,ललितपुरमा ३४७, बागलुङमा २८५, स्याङ्जामा २३४, कैलालीमा २१५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिए । प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा पाँच हजार ९७१, बागमती प्रदेशमा तीन हजार ६०२, कोशी प्रदेशमा एक हजार १९३ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा ८१९, कर्णाली प्रदेशमा १७३, मधेश प्रदेशमा २४५ र सुदूरपश्चिम प्रदेशमा ६३८ जनामा डेंगु पुष्टि भएको छ । अझै तीन सात डेंगुको जोखिम कायमै रहेकोले सचेत रहन डा. दाहालको आग्रह छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: