Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन् : महासचिव पोखरेल

खबरडबली संवाददाता

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उनीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताएका छन्।

कैलालीको धनगढीमा बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहेका  प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उनको भ्रमण अत्यन्त सफल ढंगले भइरहेको बताए। उनले भने, ‘प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ।’

महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का  सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताए। ‘सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नुपर्छ,’ उनले भने।

मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन गरेको स्पष्ट पार्दै उनले भने, ‘हामी संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहन्छौं, संविधानका सबल पक्ष र कमजोर पक्ष खोज्न चाहन्छौं।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी–व्यवसायीमा आशा जागेको, अर्थतन्त्रमा सुधारको लक्षण देखिएको, वैदेशिक लगानी भित्रिने क्रम सुरू भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलले बताए।                              

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषा प्रहरीको अभियान: एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...

पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...

न्यायालयको पुनरसंरचना बिना सुशासन सम्भव छैन: रास्वपा सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...

बागमती सरकारका आफ्ना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...

सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलन, जेलरको सरुवाको माग गर्दै आत्मदाह प्रयास

सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...

बाँके–दाङ हुलाकी सडक निर्माणका लागि करिब चार अर्बको ठेक्का आह्वान

नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...

आगामी दुई दिन भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताव...

ताप्लेजुङको पहिरोले सडक र विद्युत अवरुद्ध

ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...

देवघाटबाट सम्पर्कविहीन महिला मृत फेला

तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending