Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सिंजा सभ्यताको संरक्षण र रेशमी मार्गको पुनस्स्थापना गरिनुपर्छ : मन्त्री भण्डारी

खबरडबली संवाददाता

जुम्ला। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिंजा सभ्यताकाको संरक्षणसहित तत्कालीन खस साम्राज्य सिंजासँग जोडिएको उत्तर दक्षिणको रेशमी मार्गको खोजी गर्नुपर्ने बताएको छन् ।

कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक कनकासुन्दरी मन्दिरको अवलोकन गर्दै उनले सिंजाको समग्र सभ्यताको इतिहास महत्वपूर्ण रहेको जोड दिँदै तत्कालीन खस साम्राज्यको राजधानी नेपाली भाषाको उद्गमस्थल सिंजा चिनाउने तत्कालिन रेशमी मार्ग मात्रै खोजी गरेर छोटो मार्ग अगाडि बढाउने हो भने महत्वपूर्ण काम हुने बताए । रेशमी मार्ग चीनदेखि युरोपसम्म हिँड्ने, भेडा, घोडा हिँडाउने मार्ग रहेको खोजी गर्न आवश्यक रहेको उनको जोड छ । 

सिंजा सभ्यतासँग जोडिएका चीन, भारत, भुटनाका भूगोल ती भूभाग अहिले नेपालमा नभए पनि सांस्कृतिक रुपमा आजपनि भुटान, चीनसम्म हाम्रो राज्य त्यहाँ रहेको इतिहास हाम्रो पुस्तालाई बुझाउन आवश्यक रहेको छ । उनका अनुसार सम्भयता र संस्कृतिलाई दुर्गम भनेर हुँदैन, यहीभित्रै कला संस्कृति लुकेकोले कर्णाली सभ्यताको धनी छ । उहाँले कनकासुन्दरी क्षेत्रमा संरक्षण हुन नसकेका पुरातात्विक सम्पदताको संरक्षणमा नेपाल सरकार र कर्णाली सरकारले प्रथाकिता दिनुपर्नेमा जोड दिए। 

कनकासुन्दीमा क्षेत्रमा स्यूवाघ लगायतका पुरातात्विक सम्पदा अहिले सम्म भग्नावशेष अवस्थामा छन्, यसको संरक्षण हुन सकेको छैन, मन्त्री भण्डारीले पशुपतिनाथ, चन्दननाथ, भैरवनाथ, गोरखनाथ नाथ भनेको दीक्षित पद रहेकाले यसको धार्मिक लिङ्क छ । 

जुम्ला र दुल्लुको पुरानो सम्बन्ध छ । 

मन्त्री भण्डारीले जुम्ला र दुल्लु तत्कालीन समयको साम्राज्य भएकाले यसको सम्बन्ध छ । कनकासुन्दरी मन्दिरको अवलोकन पछि पत्रकारहरुसँग कुराकानी गर्दै जीवनमा एकचोटी आउने सिंजा भएकाले संस्कृति खोज्न टाढा जान आवश्यक नभएकोमा जोड दिए । उनले जुम्ला पनि साहुवाडा, दैलेख पनि साहुवाडा छ, धेरै गाउँहरु एउटै नामका छन् । दस्तावेज समेत भएकाले सिंजा र दुल्लुको सम्बन्ध प्रगाढ छ । 

स्थानीयले सिंजा सभ्यताको संरक्षणका लागि अपिल गरेका छन् । कनकासुन्दरी ४ का अध्यक्ष धनामानसिंह हमालले यस सिंजाका पुरातात्विक संरचना अध्ययन, संरक्षण पूर्वाधारका लागि खोजी गर्न अनुरोध गरे । स्थानीयले खस सभ्यताका बाजागाजासहित विभिन्न स्थानमा स्वागत गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending