Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न खानेपानीमन्त्री यादव निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिएका हुन् । काठमाडौं उपत्यकामा सहरीकरणसँगै बढ्दै गएको फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै उनले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने बताए ।

“फोहोर पानी प्रशोधन केन्द्रहरुको प्रभावकारी सञ्चालनले काठमाडौं उपत्यकामा पानीको गुणस्तर सुधार र वातावरणीय स्वच्छता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ”, उनले भने, “यस्ता परियोजनाले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै जनस्वास्थ्यमा सुधार ल्याउनेछन् ।” परियोजना समयमै सम्पन्न भए उपत्यकाका मुख्य नदीमा प्रवाह हुने फोहोर पानीको प्रभावकारी व्यवस्थापन हुनुका साथै, स्वच्छता र स्वास्थ्यसम्बन्धी सेवामा दीर्घकालीन सुधार आउने मन्त्री यादवले अपेक्षा लिएका छन् । सोही क्रममा उनले मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अनुगमनलाई उच्च प्राथमिकतामा राखेर परियोजनाहरुको समयमै कार्यान्वयन सुनिश्चित गरिने बताए । सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरुको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवले जानकारी दिए । 

उनले निर्माण कम्पनीलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्नसमेत निर्देशन दिए । मन्त्री यादवले धोबीघाटको निरीक्षण अनुगमन पश्चात आजै बालकुमारी (कोड्कु) स्थित निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको पनि निरीक्षण तथा अनुगमन गरेका छन् । उनले परियोजनाको प्रगति अवस्थाबारे जानकारी लिएपछि निर्माण कम्पनीलाई स्रोत साधन परिचालन गरी कामको गति तीव्र पार्न निर्देशन दिए । निरीक्षणकै क्रममा मन्त्री यादवले केन्द्रको हालको अवस्था, पानी प्रशोधन प्रणाली र बाँकी निर्माण कार्यको प्रगतिका बारेमा विस्तृत जानकारी लिएका थिए । 

धोबीघाट र बालकुमारी (कोड्कु) फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य पूरा भएपछि यसले उपत्यकाका विभिन्न क्षेत्रका बासिन्दालाई स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । उक्त निरीक्षण अनुगमनमा खानेपानी मन्त्रालयका सचिव इ प्रमीलादेवी शाक्य बज्राचार्य, सह–सचिव रमाकान्त दुवाडी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक टिकाबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: