बाँके । नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिठ्ठा, तार्पिन तेल, खोटो रोजिनको निर्यात बढेको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार विभिन्न जडीबुटी र वनस्पतिको निर्यातका लागि प्रमुख नाका मानिने नेपालगन्जबाट यो आर्थिक वर्षको सुरुमै यिनको निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले गत आर्थिक वर्ष २०८०/०८१ को साउन भदौको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा रिट्ठाको निर्यातमा ३३० प्रतिशत, तार्पिनको तेलमा २७४ प्रतिशत, ऐसेन्सियल तेलमा २९३ प्रतिशत र खोटो रोजिनको निर्यातमा १४० प्रतिशत वृद्धि भएको बताए ।
आर्थिक वर्षको सुरुमै उपरोक्त वस्तुको निर्यातमा उत्साहजनक रूपमा वृद्धि भएपछि नेपालगन्ज लगायत पश्चिम नेपालका जडीबुटी व्यवसायी निकै उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सुरुको दुई महिनामा यो नाकाबाट १२ लाख २० हजार रुपियाँको १६ हजार किलो रिठ्ठा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ५२ लाख ४९ हजार रुपियाँको ७६ हजार ७० किलो रिठ्ठा निर्यात भएको छ ।
यसैगरी गत वर्ष दुई महिनामा यो नाकाबाट ९५ लाख ७८ हजार रुपियाँको ६४ हजार लिटर तार्पिनको तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ५८ लाख ३४ हजार रुपियाँको दुई लाख १५ हजार लिटर तार्पिनको तेल निर्यात भएको छ ।
सोही प्रकारले गत वर्ष साउन र भदौमा ८५ लाख ४० हजार रुपियाँको २६६ लिटर ऐसेन्सियल तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ३४ लाख ७४ हजार रुपियाँको एक हजार ५८ लिटर ऐसेन्सियल तेल निर्यात भएको छ । यस्तै गत वर्ष सुरुको दुई महिनामा नेपालगन्ज नाकाबाट चार करोड ७६ लाख ७० हजार रुपियाँको तीन लाख ३८ हजार ५७७ किलो खोटो रोजिन निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ११ करोड ४४ लाख ९३ हजार रुपियाँको सात लाख ८४ हजार चार सय किलो खोटो रोजिन निर्यात भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: