Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

नेपालगन्ज नाकाबाट रिठ्ठा, तार्पिन तेल र खोटो रोजिनको निर्यात बढ्यो

खबरडबली संवाददाता

बाँके । नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिठ्ठा, तार्पिन तेल, खोटो रोजिनको निर्यात बढेको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार विभिन्न जडीबुटी र वनस्पतिको निर्यातका लागि प्रमुख नाका मानिने नेपालगन्जबाट यो आर्थिक वर्षको सुरुमै यिनको निर्यातमा उल्लेख्य वृद्धि भएको हो । 

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले गत आर्थिक वर्ष २०८०/०८१ को साउन भदौको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा रिट्ठाको निर्यातमा ३३० प्रतिशत, तार्पिनको तेलमा २७४ प्रतिशत, ऐसेन्सियल तेलमा २९३ प्रतिशत र खोटो रोजिनको निर्यातमा १४० प्रतिशत वृद्धि भएको बताए । 

आर्थिक वर्षको सुरुमै उपरोक्त वस्तुको निर्यातमा उत्साहजनक रूपमा वृद्धि भएपछि नेपालगन्ज लगायत पश्चिम नेपालका जडीबुटी व्यवसायी निकै उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सुरुको दुई महिनामा यो नाकाबाट १२ लाख २० हजार रुपियाँको १६ हजार किलो रिठ्ठा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ५२ लाख ४९ हजार रुपियाँको ७६ हजार ७० किलो रिठ्ठा निर्यात भएको छ । 

यसैगरी गत वर्ष दुई महिनामा यो नाकाबाट ९५ लाख ७८ हजार रुपियाँको ६४ हजार लिटर तार्पिनको तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ५८ लाख ३४ हजार रुपियाँको दुई लाख १५ हजार लिटर तार्पिनको तेल निर्यात भएको छ । 

सोही प्रकारले गत वर्ष साउन र भदौमा ८५ लाख ४० हजार रुपियाँको २६६ लिटर ऐसेन्सियल तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ३४ लाख ७४ हजार रुपियाँको एक हजार ५८ लिटर ऐसेन्सियल तेल निर्यात भएको छ । यस्तै गत वर्ष सुरुको दुई महिनामा नेपालगन्ज नाकाबाट चार करोड ७६ लाख ७० हजार रुपियाँको तीन लाख ३८ हजार ५७७ किलो खोटो रोजिन निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ११ करोड ४४ लाख ९३ हजार रुपियाँको सात लाख ८४ हजार चार सय किलो खोटो रोजिन निर्यात भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending