Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

किन फ्लप भयो नेपालको ब्याटिङ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका समर्थकलाई निराश बनाएको छ । आइसीसी विश्वकप लिग(२ मा नेपालले लगातार पाँच खेलमा हार बेहोरेपछि अब टिममाथि नै प्रश्न उठ्न थालेको छ ।

हाल क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ भने आज चौथो खेल ओमानसँग खेल्दै छन् ।

यस सिरिजमा नेपालको मुख्य समस्या ब्याटिंगमा देखिएको छ । नेपालका शिर्षक्रमका ब्याट्सम्यानहरुले आफ्नो जिम्मेवारी बुझ्न सकेको देखिदैन । हरेक पटक उनीहरु गैर जिम्मेवारीपुर्वक आउट भएका छन् ।

पहिलो खेलमा कुशल भुर्तेल, कुशल मल्ल असफल भएपछि ल्याइएका अर्जुन साउद र अनिल शाहले निरास बनाएका छन् ।  अर्जुन साउद ओमानविरुद्ध ५ र क्यानडाविरुद्ध १२ रन बनाएर आउट भए ।

शिर्ष क्रमका ब्याट्सम्यान साउदले पछिल्ला ५ खेलमा गत अप्रिलमा आयरल्याण्ड ए विरुद्ध ३६ रन बनाएको नै सर्बाधिक रन हो । उनको क्लब र देशका लागि खेलेको खेलको विश्लेषण गर्ने हो भने पछिल्ला १० खेलमा उनले अर्धशतक प्रहार गर्न सकेका छैनन् ।

त्यस्तै यस सिरिजमा दोस्रो खेलबाट अवसर पाएका अनिल शाहको प्रदर्शन पनि निराशाजनक रहेको छ । अनिलले यस सिरिजमा ओमानविरुद्ध ३ र क्यानडाविरुद्ध १ रन मात्र बनाए । नेपालका लागि टी-२० विश्वकप समेत खेलेका अनिलले तीन खेलमा ३८ रन बनाएका थिए । उनले खेलेका सबै फर्म्याटका पछिल्ला १० खेलमा उनले एक पटक वेस्ट इन्डिज ए विरुद्ध ५८ रन बनाएको बाहेक अन्य कुनै पनि इनिंग सम्झन लायक देखिन्न ।

यस सिरिजमा सबै भन्दा बढी निराश बनाएका खेलाडी हुन् भीम सार्की । नेपालका लागि एकदिवसीय खेलका स्पेस्लिष्ट खेलाडीको रुपमा हेरिएका सार्कीले पनि यस सिरिजमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा क्यानडाविरुद्ध १८, ओमानविरुद्ध ११ र क्यानडाविरुद्धको दोस्रो खेलमा ४ रन मात्र बनाए ।

त्यस्तै कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक नै रहेको छ । ओमानविरुद्ध ६० रन बनाए पनि पहिलो खेलमा क्यानडाविरुद्ध ५ र दोस्रो खेलमा ४ रन बनाएर रोहितले आफ्नो क्षमताप्रति न्याय गरिरहेका छैनन् ।

त्यस्तै ओपनर कुशल भुर्तेलको ब्याटपनि लामो समय देखि मौन रहेको छ । उनी टी(२० विश्वकप देखि नै फ्लप रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिए पनि ब्याटिंगमा केवल १३ रन बनाएका थिए । यस सिरिजमा क्यानडाविरुद्ध पहिलो खेलमा केवल १ रन बनाएका भुर्तेलले त्यसपछि खेल्ने अवसर पाएका छैनन् । विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका भुर्तेलको पछिल्लो १० खेलको उच्च स्कोर नै केवल १६ रन रहेको छ भने पाँच पटक त सिंगल स्कोरमै आउट भएका छन् ।

त्यसैगरी विकेट किपर ब्याट्सम्यान आसिफ सेखको पछिल्लो प्रदर्शन पनि निराशाजनक रहेको छ । उनले यस सिरिजमा क्यानडाविरुद्ध २० र २ रन बनाए भने ओमानविरुद्ध ११ रन मात्र बनाए ।

यसरी हेर्दा नेपालको लगातार हार हुनुमा शिर्षक्रममा खेलिरहेका ब्याट्सम्यान नै जिम्मेवार देखिन्छन् । लगातार पाएको अवसरलाई सदुपयोग नगरेर नेपाली खेलाडीले समर्थकलाई निराश मात्र बनाएका छैनन् । आफ्नो र टिमको आत्मविश्वास समेत तोडेका छन् ।

खराब प्रदर्शनपछि अब क्यान, टिमका प्रशिक्षक मोन्टी देसाई र छनौट समितिमाथि पनि प्रश्न उठेको छ । विश्वकपमा गरेको खराब प्रदर्शनको जिम्मेवार को रु जितको नजिक पुगेर पनि जित हासिल नगर्दा समर्थकले मन जितेको भन्दै चित्त बुझाउने बाहेक न त क्यानलले न त प्रशिक्षक र कप्तानले नै जवाफ दिए । बरु नयाँ खेलाडीलाई अवसर दिनुको साटो उनै खेलाडीलाई बोकेर क्यानडा उडियो, जसले विश्वकपमा निराश बनाएका थिए । आँकडाले पनि यी खेलाडी टिममा रहन लायक छैनन् नै भन्छ ।

एउटा खेलाडीले १०/१० पटक पाएको अवसरलाई सदुपयोग गर्दैन भने अझै उसलाई बोकेर कहिलेसम्म क्यान हिड्छ रु यो प्रश्न क्रिकेट समर्थक र नेपाली क्रिकेटलाई माया गर्नेहरुको हो । तर यहाँ खेलाडीको क्षमतामा प्रश्न उठाइएको होइन, उनीहरुले आफ्नो क्षमता अनुसार किन खेलेनन् भन्ने मात्र हो । के पनि बिर्सनु हुदैन भने यिनै खेलाडीले नेपाललाई विश्वकप सम्म पुर्याएका हुन् तर त्यो अब विगत बनिसक्यो ।

अब अगाडी बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको छ । अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरुलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोप्रति क्यान र सम्बन्धित पक्ष सचेत हुन जरूरी छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

राजधानी नजिकै सञ्चार संकट, विपद्का बेला सम्पर्कविहीन बन्छ दक्षिण ललितपुर

ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...

विश्वकप : समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending