काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए । उनले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको बताए । उनका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् ।
अस्पतालका निर्देशक डा. बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताए । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।
मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन ।
धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन् । समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा. बसौलाले बताए । सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैय्यामा सञ्चालनमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: