Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

श्रममन्त्री भण्डारी र जापानी समकक्षी भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

खबरडबली संवाददाता

काठमाडौं । जापान भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबिच द्विपक्षीय भेटवार्ता भएको छ । 

भेटमा उनिहरूबिच नेपाल र जापान सरकारबिच सन् २०१९ मा भएको श्रमसम्बन्धी समझदारी कार्यान्वयनका बारेमा विचार विमर्श भएको छ । मन्त्री भण्डारी र जापनी समकक्षीबिच सो समझदारी कार्यान्वयनका लागि दुई देशका अधिकारी सम्मिलित संयुक्त कार्यसमितिको बैठक बसी निष्कर्षमा पुग्न आवश्यक रहेकामा सहमति जुटेको भ्रमणदलमा सहभागी मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए । 

उनिहरूबिच सामाजिक सुरक्षाका सम्बन्धमा द्विपक्षीय समझदारीमार्फत सहकार्यका लागि गृहकार्य गर्ने समझदारीसमेत भएको छ । सो अवसरमा मन्त्री भण्डारीले नेपालबाट जापानमा नेपाली श्रमिक पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भई कार्यान्वयनमा गएको बताए । उनले इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार विभागमा सूचीकृत र टोकियोस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गरेसँगै नेपाली श्रमिक जापान जाने प्रक्रिया सुरु हुने जानकारी गराए । 

जापानी समकक्षी केइजूले नेपालले स्वीकृत गरेको ‘विशेष सीपयुक्त कामदार’ (एसएसडब्लु)सम्बन्धी कार्यविधिको स्वागत गर्दै श्रम क्षेत्रमा नयाँ सहकार्यका लागि आफूहरू आतुर रहेको बताए । उनले दुई देशबिचको श्रमसम्बन्धी समझदारी कार्यान्वयनमा सहजीकरण गर्न चाँडै नै संयुक्त कार्यसमितिको बैठक बस्ने विश्वास व्यक्त गरे । मन्त्री केइजूले उच्चस्तरमा भएका द्विपक्षीय भेटले नेपालको बेरोजगारी समस्या व्यवस्थापनमा टेवा पुग्ने र जापानमा रहेको श्रमिक अभावमा योगदान पुग्ने विश्वास व्यक्त गरेकाे मन्त्रालयले जनाएको छ ।

यसैबिच मन्त्री भण्डारी र जापानका न्यायमन्त्री रेयुजी कोइजुमिीबच भेटवार्ता भएको छ । त्यहाँको न्याय मन्त्रालयमा भएको भेटमा उनले उच्चस्तरका भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । सो क्रममा मन्त्री भण्डारीले जापानमा नेपाली श्रमिकको ‘डिपेन्डेन्ट भिसा’सम्बन्धी समस्या सहजीकरण गर्न र जापानी भाषा परीक्षा केन्द्र बढाउन आग्रह गरेका थिए । जापानी न्यायमन्त्रीले उक्त विषय सम्बोधन गर्न आफूले काम गर्ने विश्वास दिलाए । 

सो भेटमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र नेपाली प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: