सुनसरी । गर्मी बढेसँगै तराईको जनजीवन कष्टकर बन्दै गएको छ । एक सातादेखि बढेको गर्मी तथा तापक्रमका कारण सुनसरीसहित तराईका जिल्लाहरूको जीवन कष्टकर बनेको हो ।
असोज सुरु भएसँगै तराईमा तापक्रम बढ्दै गएपछि सुनसरी जिल्लाको प्रमुख सहरहरू र ग्रामीण क्षेत्रहरूमा चहलपहल घटेको छ । तापक्रम बढेसँगै बिहानैदेखि गर्मी हुँदा मानिसहरूको जनजीवन प्रभावित बनेको छ । मानिसहरु घरबाहिर निस्कनसमेत समस्या हुने गरेको रामधुनी ८ का पुष्पराज विष्टले बताए ।
बिहानैदेखि गर्मी सुरु हुँदा किसान, मजदुर र विद्यार्थाीहरु बढी गर्मीको चपेटामा परेका छन् । गर्मी अत्यधिक बढेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरू असोज नौ गतेसम्म तीन दिनका लागि बन्द गरेको छ । गर्मी बढेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको पालिका शिक्षा शाखाले जनाएको छ । यता वराहक्षेत्र नगरपालिकाले समेत अत्यधिक तापक्रम बढेपछि असोज ८ गते एक दिनको लागि नगरक्षेत्रमा रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
बिहानैदेखि तापक्रम बढ्ने र हावा नचल्ने हुँदा जनजीवन प्रभावित बन्नुका साथै कृषि बालीमा समेत असर पुगेको छ । गर्मी बढेपछि पूर्वी तराईका सहर र ग्रामीण क्षेत्रहरूमा मानिसहरूको चहलपहल पातलो हुन थालेको छ । अत्यधिक गर्मीका कारण हस्पिटल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीमा हुनसक्ने रोगहरू बाट जोगिन सतर्कता अपनाउनु पर्ने सुनसरी जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख राजकुमार मेहताका अनुसार गर्मीका कारण झाडापखाला, ज्वरो र व्यहोस भएर आउने बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ ।
गर्मीमा हैजा र हेपाइटिस लगायत रोगका जीवाणु पनि बढी सक्रिय हुन सक्ने हुँदा सतर्कता अपनाउनु पर्ने जिल्ला अस्पताल सुनसरीले जनएको हो । गर्मीका कारण टाउको दुख्ने, घाटी दुख्ने, शरीर शिथिल हुने, आँखा पोल्ने जस्ता रोगहरुबाट जोगिन सतर्कता अपनाउनु पर्ने बताइएको छ । गर्मीबाट जोगिनका लागी बढी पानी पिउने, खानामा सलादको मात्रा बढाउने, ग्लुकोज, जुस, फलफूल सेवन गर्ने, बिना काम घर बाहिर घाममा ननिस्कने र निस्कन परे शरीर ढाक्ने सुतीजन्य लुगा लगाउन स्वास्थ्य कर्मीहरूले सुझाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: