काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र पेजर सेटमा विस्फोट भएपछि एयरलाइन्सले यो कदम चालेको हो।
विस्फोटका घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। जसमध्ये करिब ४५० जना गम्भीर घाइते भएको बताइएको छ। कतार एयरवेजले एउटा पोस्टमा ती उपकरणमा रोक लगाएको जनाएको छ। यो प्रतिबन्ध अर्को सूचना नभएसम्म कायम रहनेछ।
सेप्टेम्बर १६ मा ३ हजारभन्दा बढी पेजर, वाकीटकी र ह्यान्डहेल्ड रेडियो लेबनानमा अचानक विस्फोट हुन थाले। यस घटनामा धेरै हिजबुल्लाह लडाकु मारिए र धेरै घाइते भए। बेरुतका लागि इरानका राजदूत पनि घाइते भएका छन्। लेबनानी अधिकारीहरुले सञ्चारका लागि प्रयोग हुने यी इलेक्ट्रोनिक ग्याजेटमा विष्फोटको पछाडि इजरायली षड्यन्त्र रहेको आरोप लगाएका छन्।
लेबनानले इजरायलले अन्य देशबाट आयात गरिएका यी उपकरणमा छेडछाड गरेको जनाएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार प्रत्येक पेजरमा ब्याट्रीको छेउमा १ देखि २ औँस विस्फोटक राखिएको थियो। प्रतिवेदनमा यी इलेक्ट्रोनिक उपकरणहरुमा स्विच पनि जडान गरिएको थियो। जुन टाढाबाट नियन्त्रण भइरहेको थियो। यो स्विच सक्रिय हुँदा पेजर विस्फोट भयो।
ताइवानको कम्पनी गोल्ड अपोलोले आफ्नो उत्पादनको क्रममा पेजरहरुसँग छेडछाड गरेको आरोप लागेको थियो। तर, गोल्ड अपोलोले उक्त आरोपको खण्डन गर्दै विस्फोट गराउने उपकरण हंगेरीको राजधानी बुडापेस्टस्थित एउटा फर्मले बनाएको बताएको छ।
हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहले पेजर, वाकीटकी र ह्यान्डहेल्ड रेडियो विस्फोटलाई नरसंहारको संज्ञा दिए र यसलाई युद्धको सुरुआत भएको बताएका छन्। उनले लेबनानमा पेजर र वाकीटकी विस्फोटले गाजामा आफ्नो पक्षबाट जारी सहायतालाई असर नगर्ने दाबी गरेका छन्।
यसैबीच इजरायली रक्षामन्त्री योभ गालान्टले पनि युद्धको ‘नयाँ चरण’ सुरु भएको घोषणा गरेका छन्। यी विस्फोटपछि लेबनानका मानिसहरु मोबाइल फोन, पेजर र अन्य सञ्चार उपकरण छुन डराइरहेका छन्। हिजबुल्लाहले आफ्ना लडाकुलाई फोन, पेजर, वाकीटकी र ह्यान्डहेल्ड रेडियोको ब्याट्री निकालेर फ्याँक्न निर्देशन दिएको छ। –एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: