भारत । जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार किश्तवाडमा सबैभन्दा बढी ७७ दशमलव २३ प्रतिशत, दोडामा ६९ दशमलव ३३ प्रतिशत, रामबनमा ६७ दशमलव ७१ प्रतिशत, कुलगाममा ५९ दशमलव ६२ प्रतिशत, शोपियानमा ५३ दशमलव ६४ प्रतिशत र अनन्तनागमा ५४ दशमलव १७ प्रतिशत मतदान भएको छ । पुलवामामा सबैभन्दा कम ४३ दशमलव ८७ प्रतिशत मतदान भएको छ ।
जम्मू–कश्मीरको २४ वटा विधान सभा सिटमा पहिलो चरणमा मतदान भएको हो । यसमा कश्मीर क्षेत्रका १६ सिट र जम्मू क्षेत्रका आठ सिट समावेश छन् ।
जम्मू–कश्मीरमा दोस्रो र तेस्रो चरणको मतदान क्रमशः सेप्टेम्बर २५ र अक्टोबर १ मा हुनेछ । अक्टोबर ८ मा मतगणना हुनेछ ।
जम्मू–कश्मीरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबिच रोचक प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रिय काङ्ग्रेस र काङ्ग्रेसले गठबन्धन गरे पनि केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धा भएको छ ।
विधानको धारा ३७० खारेज भएपछि जम्मू–कश्मीरमा भएको यो पहिलो निर्वाचन हो । नेताहरूले आ–आफ्नो पार्टीका उम्मेदवारको प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...
मंसिर २९ गते, २०८२ - १४:३९
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी ...
मंसिर २९ गते, २०८२ - १४:२४
काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा मादीका प्रेम दोर्ची शेर्पा रहेका छन्। उनले नै यसअ...
मंसिर २९ गते, २०८२ - १४:१०
तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...
मंसिर २९ गते, २०८२ - १४:०१
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...
मंसिर २९ गते, २०८२ - १३:५२
काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...
मंसिर २९ गते, २०८२ - १३:१३
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...




प्रतिकृया लेख्नुहोस्: