Ntc summer Offer
Khabar Dabali २३ आश्विन २०८१ बुधबार | 9th October, 2024 Wed
Investment bank

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड, सिँगापुर र मलेशियामा

खबरडबली संवाददाता

काठमाडौं ।  क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन् ।

गत वर्षबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्ड बिदेशमा आयोजना गर्न सुरु गरिएको हो । यो अवार्ड गतवर्ष मलेशियामा आयोजना गरिएको थियो । यसपटक यो अवार्ड थाईल्यान्ड, सिंगापुर र मलेशियामा आयोजना गरिने पनि अध्यक्ष उमेश गुरुङले जनाएका छन् । जसमा थाईल्यान्डमा अवार्ड समारोह र मलेशियामा साँगीतिक कार्यक्रम गरिने भएको छ । अवार्डमा सहभागी हुने कलाकारहरुले काठमाडौंबाट थाईल्यान्ड पुगेर अवार्ड ग्रहण गर्नेछन् । त्यसपछि थाईल्याण्डको घुमघामपछि सिँगापुरमा एक दिन बसेर मलेशिया जाने छन् । मलेशियामा साँगीतिक कार्यक्रमको प्रस्तुतिपछि घुमघाम गरेर नेपाल फर्कने आयोजक गुरुङले जानकारी गराएका छन् ।

सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो । बिगत झै यसपटक पनि यो अवार्डलाई प्रतिस्पर्धामुलक रुपमा आयोजना गरिने भएको छ । अवार्डमा प्राप्त भएका सृजनालाई मनोनयन सार्वजनिक गरेर सो मनोनयनबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन् ।

काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ । अवार्डको लागि यसपटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि अध्यक्ष गुरुङले जानकारी गराए । जसमा २०८० साउनबाट २०८१ भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाणिज्य संघको अगुवाईमा बिर्तामोड बजार सरसफाई

झापा । चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड बजार सरसफाई गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा बिर्तामोड बज...

पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने

बनेपा । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन् । उनले कार्यपालिका बैठकबाट तीन वर्षक...

नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

काठमाडौं । पर्वतमा नेपाली सेनाले शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ । सोमबार पर्वतको कुश्मा नगरपालिका वडा नं.७ गोदाम स्थित स्थानीय व्यक्तिको बारीमा...

सल्यान, माेरङ, संखुवासभा र नवलपरासीमा आगलागी, एकजना पक्राउ

काठमाडौं । सल्यान, मारङ, संखुवासभा र नवलपरासीमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको छ ।  सल्यानको शारदा नगरपालिका४ किमिरेचौर बस्ने राम बहा...

लयमा शेयर बजार, २७०० माथि उक्लियो नेप्से

काठमाडौं । शेयर बजार लयमा फर्किन थालेको छ। अहिले नेप्से परिसूचक २७०० माथि उक्लिएको छ। यो समाचार तयार पर्दासम्म (१ः४५)सम्म बजार ४८.३६ अंकले बढेर २७०...

काठमाडौंबाट सात जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका१ रानिवनबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार रूप...

हिजबुल्लाहका धेरै हतियार अड्डामा इजरायलको हवाई आक्रमण

काठमाडौं । इजरायलले आइतबार राति लेबनानमा धेरै हवाई आक्रमण गरेको छ। यी आक्रमणहरू लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा गरिएको थियो। इजरायली सेनाले ...

जोडियो तातोपानी नाका, दशैंका सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं  । गत साताको अविरल वर्षासँगै आएको बाढी–पहिरोले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपल...

दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृ...

चाडपर्व लक्षित अनुगमनः काठमाडौंमा मात्रै १० दिनमा १३० वटा पसलमा छापा

२२ वटामा भेटिए म्याद गुज्रिएका सामान

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy