बाँके । बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले राप्तीसोनारी गाउँपालिका –२ गोबारपुरमा हात्तीले आक्रमण गर्दा दुईजना स्थानीय घाइते भएका छन् ।
स्थानीय हेमन्त चौधरीका अनुसार मंगलबार राति जंगलबाट आएको हात्तीले आक्रमण गर्दा राप्तीसोनारी –२ गोबारपुरका ४० वर्षीया लक्ष्मी बोहरा र उनकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते भएकी हुन् ।
उनले हात्तीले बस्तीमा पसेर आक्रमण गरेको जनाउँदै घाइतेको उपचार नेपालगन्जमा भइरहेको छ । हात्तीले आक्रमण गर्दा घाइतेको घर वरिपरि लगाइएको खेतबाली पनि नष्ट भएको छ । यसअघि केही दिन पहिले पनि राप्तीसोनारी गाउँपालिका –१ गाभरमा जङ्गली हात्तीले आक्रमण गरेर दुईवटा घर भत्काएको थियो ।
प्रतिकृया लेख्नुहोस्: